कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज थेबेको माग सुन्दा निश्चय पनि राम्रो लाग्छ। श्रमिकको न्यूनतम ज्याला बढाउनुपर्छ, उनीहरूको श्रमको उचित मूल्य सुनिश्चित हुनुपर्छ—यसमा कसैको दुईमत हुन सक्दैन। तर यहाँ एउटा आधारभूत कुरा बुझ्न आवश्यक छ—कुवेतमा काम…
कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ। राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी…
कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी पदार्थको कारोबार र प्रयोगको अभियोगमा जन्मकैद तथा ५० हजार कुवेती दिनार जरिवाना तोकेको छ। त्यस्तै, अर्को अभियुक्तलाई लागुऔषध कारोबार तथा प्रयोगको अभियोगमा १५ वर्ष जेल र ५० हजार दिनार जरिवाना…
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि २५ वटै कम्पनीले सामूहिक रूपमा नाम फिर्ता लिन सहमति जनाएका हुन्। सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष पहुँच दिइएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले विरोध…
कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको अवस्थामा भेटिएको फिलिपिन्सको विदेश मामिला विभाग (DFA) ले जनाएको छ। नाकालाबानको परिवारसँग अन्तिम पटक सन् २०२४ को मे महिनामा सम्पर्क भएको थियो। उनले डिसेम्बरमा परिवारलाई अचानक भेटेर सरप्राइज दिने योजना…
मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले यसलाई सिन्डिकेटको प्रयास भन्दै विरोध गरेका छन्। श्रम मन्त्रालयले छनोट प्रक्रिया र मापदण्डबारे आफूलाई जानकारी नभएको जनाएको छ भने नेपालले मलेसिया सरकारलाई कूटनीतिक नोट पठाएर सबै वैधानिक म्यानपावर कम्पनीलाई…
नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…
कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्ने नियमबारे कुवेतको General Administration of Customs ले पुनः सचेत गराएको छ। यो रकम विदेशी मुद्रामा त्यसको बराबर भए पनि नियम लागू हुन्छ। यो नियम कुवेती…
अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ। सन् २०१८ मार्चमा ६ हजार १९८ वर्गमिटर जग्गा १२ लाख अस्ट्रेलियन डलरमा खरिद गरिएको थियो। तर जग्गा खरिदपछि पनि लामो समयसम्म भवन निर्माण सुरु हुन सकेको थिएन। अब…
रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले बारम्बार एउटै सन्देश पढिरहेकी थिई, “दिदी, मेरो पैसा कहिले फिर्ता आउँछ?” त्यो प्रश्नको जवाफ उसँग थिएन। केही महिनाअघि उसैले विश्वास दिलाएकी थिई, “मैले आफैँ सुरु गरेकी छु, केही हुँदैन।” आज…
![]()