अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ। सन् २०१८ मार्चमा ६ हजार १९८ वर्गमिटर जग्गा १२ लाख अस्ट्रेलियन डलरमा खरिद गरिएको थियो। तर जग्गा खरिदपछि पनि लामो समयसम्म भवन निर्माण सुरु हुन सकेको थिएन। अब…
रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले बारम्बार एउटै सन्देश पढिरहेकी थिई, “दिदी, मेरो पैसा कहिले फिर्ता आउँछ?” त्यो प्रश्नको जवाफ उसँग थिएन। केही महिनाअघि उसैले विश्वास दिलाएकी थिई, “मैले आफैँ सुरु गरेकी छु, केही हुँदैन।” आज…
कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई पक्राउ गरेको छ। मन्त्रालयका अनुसार उनीहरूलाई लागूऔषधको ओसारपसार तथा सेवनसँग सम्बन्धित १३ छुट्टाछुट्टै मुद्दामा पक्राउ गरिएको हो। तीमध्ये केहीमाथि लागूऔषध बिक्री तथा वितरणमा संलग्न भएको र केहीमाथि सेवनसम्बन्धी आरोप रहेको…
कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ। यस साझेदारीको उद्देश्य दुई संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुका साथै ग्राहकहरूका लागि नयाँ सेवा तथा सुविधाका क्षेत्रहरू विकास गर्नु रहेको बताइएको छ। सम्झौताअनुसार दुवै संस्थाले आफ्नो…
कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ। फर्वानियास्थित सेफ नौसाद सिग्नेचर रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरिने अधिवेशन मध्याह्न १:०० बजे सुरु हुनेछ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरू क्षितिज थेबे र रबिन्द्र अधिकारीको आतिथ्यता रहने आयोजकले जनाएको छ। प्रवासी…
कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ। नयाँ व्यवस्थाअनुसार २१ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्ती तथा निकोटिनजन्य पदार्थ बिक्री गर्न पाइने छैन र बिक्री गर्ने व्यवसायीले खरिदकर्ताको उमेर अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। कुवेतमा २१ वर्षभन्दा कम उमेरकालाई…
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। मन्त्री, सचिव तथा व्यवसायी सङ्घका पदाधिकारीबीच भएको करिब साढे तीन घण्टाको छलफलपछि प्रशासनिक तथा नीतिगत विषयमा सहमति जुटेको हो। सहमतिअनुसार विभागमा अल्झिएका काम तत्काल सहजीकरण गरिने तथा…
वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र उनका परिवारलाई समयमै निवेदन दिन आग्रह गरेको छ। बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका कामदार करार अवधिभित्र वा करार समाप्त भएको एक वर्षभित्र अंगभंग वा गम्भीर बिरामी भएमा आर्थिक सहायता प्राप्त…
-रोजिना ढुंगाना सामाजिक सञ्जालले मानिसलाई नजिक ल्याएको छ, तर त्यही माध्यम कहिलेकाहीँ ठगी र धोखाधडीको जाल पनि बन्न सक्छ। यो कथा कुनै काल्पनिक घटना होइन। यो एउटा वास्तविक घटनाबाट प्रेरित चेतावनीमूलक लेख हो। यसको उद्देश्य कसैलाई दोषी ठहर गर्नु वा बदनाम गर्नु होइन, बरु यस्तै परिस्थितिमा रहेका व्यक्तिहरूलाई सचेत गराउनु…
जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४० वर्षीय शहदेव खड्कालाई आर्थिक सहयोग प्रदान गरेको छ। घाँटीजस्तो संवेदनशील अंगमा क्यान्सर रोगको उपचार गराइरहेका आर्थिक अवस्था कमजोर भएका खड्काको स्वास्थ्यलाभको कामना गर्दै समाजले ५१.५०० कुवेती दिनार (नेपाली रुपैयाँ २५…
![]()