Tuesday 13th October 2026

कुवेतमा इतिहासकै ठूलो लागुऔषध बरामद


कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहले देशको इतिहासमै सबैभन्दा ठूलो लागुऔषध बरामद गरिएको घोषणा गरेका छन्।

मंगलबार गरिएको कारबाहीका क्रममा प्रहरीले करिब ५ टन कच्चा लिरिका पाउडर र बिक्रीका लागि तयार पारिएका झण्डै ४० लाख क्याप्सुल बरामद गरेको हो। बरामद लागुऔषधको अनुमानित बजार मूल्य १५ करोड कुवेती दिनार (करिब ४८ करोड ६० लाख अमेरिकी डलर) रहेको बताइएको छ।

कारबाहीका क्रममा लिरिका उत्पादन गर्ने पूर्ण रूपमा सुसज्जित कारखाना समेत फेला परेको थियो। त्यहाँ क्याप्सुल भर्ने र प्याकेजिङ गर्ने मेसिनहरू पनि भेटिएका थिए।

गृहमन्त्रीले यो कारबाहीले कुवेतमा लागुऔषध तस्करीको ठूलो जोखिमलाई उजागर गरेको भन्दै लागुऔषध नियन्त्रणमा खटिएका सुरक्षा अधिकारीहरूको प्रशंसा गरे।

उनले लागुऔषधविरुद्धको अभियान सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै तस्कर तथा कारोबारीमाथि निगरानी र कारबाही अझ कडा बनाइने बताए।

साथै, उनले लागुऔषध नियन्त्रण भनेको पक्राउ र बरामदमा मात्र सीमित नरहेको उल्लेख गर्दै उपचार, पुनर्स्थापना र परिवारमा पुनः फर्काउने प्रयास पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...