Monday 5th October 2026
मनोरन्जन
Image

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले ‘आर्टिस्ट अफ द इयर’ सहित ७ अवार्ड जितिन् भने टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ लगायत प्रमुख पुरस्कार हात पारिन्। दक्षिण कोरियाली ब्यान्ड बीटीएस ले ‘स्विम’ गीतबाट ‘सङ अफ द…

Image

कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको छ। नेपाल कुवेत सरोकार समाज (NKSS) द्वारा आयोजित उक्त सांगीतिक कार्यक्रम आगामी १८ डिसेम्बर २०२६ (शुक्रबार) कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुल (Aspire Indian School, Jleeb) को सभा हलमा आयोजना गरिनेछ।…

Image

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि चलचित्र चयन भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले चलचित्रको कथा, प्राविधिक पक्ष, कलात्मक गुणस्तर र भावनात्मक प्रभावको मूल्याङ्कन गरेर यो निर्णय गरेको हो। छनोटका लागि‘गाैंथली’ र‘तिनीहरू’ गरी दुई…

Image

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र क्षेत्रको एउटा महत्वपूर्ण समयको व्यक्तिगत संस्मरणका रूपमा बुझ्न सकिन्छ। उनले उदीतनारायणसँग आफ्नो निकै पुरानो सम्बन्धदेखि उनको संघर्ष, फिल्मी यात्रा, सफलता र सम्बन्धमा आएको उतारचढावसम्मका प्रसंगहरू प्रस्तुत गरेका छन्। सायमीका अनुसार…

Image

कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ। गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी…

Image

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन्। यसैगरी, मिस नेपाल कस्मो २०२६ को उपाधि कशिस सुब्बाले तथा मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि आर्या निशान्तले जितेका छन्। २४ वर्षीया दीपमाला यसअघि मिस नेपाल…

Image

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको उमेरमै उनले आफ्नी आमा र सौतेनी बुबा दुवैलाई गुमाइन्। अचानक परिवारको जिम्मेवारी उनको काँधमा आयो। आफ्ना भाइबहिनीको हेरचाह गर्नुपर्ने अवस्थाले उनलाई धेरै चाँडै परिपक्व बनायो। “मैले धेरै सानै उमेरमा बहादुर…

Image

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् । समितिले…

Image

तितोपाटी- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बादी समूदायका केही अभियन्ताले उक्त चलचित्रविरुद्ध रिट हालेका थिए । उच्च अदालतले अगामी २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलसम्म चलचित्र प्रदर्शन नगर्न आदेश गरिएको हो । अदालतको…

Image

तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  'लालीबजार' को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। बादी समुदायको तर्फबाट रोशनी नेपाली बादीले सोमबार रिट दर्ता गरेकी हुन्। पाटन अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले रिट आएको पुष्टी गरे। चलचित्र  'लालीबजार' ले बादी समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको…