Monday 5th October 2026

बाढी पीडितको सहयोगार्थ कुवेतमा ‘NKSS Concert 2026’, चर्चित गायक VTEN मुख्य आकर्षण


कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको छ। नेपाल कुवेत सरोकार समाज (NKSS) द्वारा आयोजित उक्त सांगीतिक कार्यक्रम आगामी १८ डिसेम्बर २०२६ (शुक्रबार) कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुल (Aspire Indian School, Jleeb) को सभा हलमा आयोजना गरिनेछ।

कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका चर्चित र्यापर तथा गायक VTEN (समीर घिसिङ) मुख्य आकर्षणका रूपमा प्रस्तुत हुनेछन्। VTEN को प्रत्यक्ष प्रस्तुति हेर्न कुवेतमा रहेका नेपाली दर्शकमाझ उत्साह बढेको छ।

बाढीबाट प्रभावित नेपालीहरूको सहयोगार्थ आयोजित यस कार्यक्रमलाई NIREM ले व्यवस्थापन गरिरहेको छ। आयोजकका अनुसार कुवेतमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको उद्देश्यलाई समेत सशक्त बनाउने लक्ष्यका साथ कन्सर्ट आयोजना गर्न लागिएको हो।

कार्यक्रममा कुवेतमा रहेको NepTone Band को विशेष प्रस्तुती रहनेछ भने कुवेतस्थित कलाकारहरूको सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा समाजिक अभियानसम्बन्धी विभिन्न गतिविधि पनि समावेश गरिने अपेक्षा गरिएको छ। आयोजकले कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई बाढी पीडितको सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।
कार्यक्रम विवरण:
कार्यक्रम: NKSS Concert 2026
उद्देश्य: बाढी पीडित सहयोगार्थ
मुख्य कलाकार: VTEN
मिति: १८ डिसेम्बर २०२६, शुक्रबार
समय: दिउँसो २ बजेबाट
स्थान: Aspire Indian School, Jleeb, Kuwait
आयोजक: नेपाल कुवेत सरोकार समाज (NKSS)
व्यवस्थापन: NIREM


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...