सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि हिरासतमा राख्नु अपवादात्मक उपाय भएको भन्दै केवल हिरासत अवधि लम्ब्याउने उद्देश्यले म्याद थप गर्न नमिल्ने स्पष्ट गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले म्याद थप…
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सयभन्दा बढी घरगोठ बगेका छन् भने १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई मोटरेबल पुल, चार झोलुङ्गे पुल, एक विद्यालय भवन तथा तीन जलविद्युत् आयोजनामा क्षति…
लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी कुल ६ वटा पुल बगाएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले आरुघाट–त्रिपुरासुन्दरी जोड्ने पक्की पुल र सोती–मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। त्यसैगरी धार्चे गाउँपालिका–१ र…
गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।…
राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले औपचारिक रूपमा मृत घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाले विशेषगरी भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएकाका परिवारलाई मृत्युदर्ता तथा राहत प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। सीआईबीका अनुसार इजरायल पठाइदिने प्रलोभन देखाएर रकम उठाउने गिरोहसँग खड्काको संलग्नता देखिएपछि…
सासूको नाममा ब्रोकर कम्पनी, बीमा पुनर्बिमाको कमिसन, पत्नीको खाताबाट व्यक्तिगत खातासम्म रकम र कम्पनीको कार्यालयबाट बरामद विलासी गाडी—अभियोगपत्रले देखाएको कारोबारको शृङ्खला काठमाडौं — एउटा विलासी मर्सिडिज बेन्ज गाडी, एउटा बीमा दलाल कम्पनी र परिवारका सदस्यका नाममा सञ्चालित बैंक खाताहरू। यी तीन पक्ष जोडिँदा नेपालको बीमा तथा वित्तीय क्षेत्रमा भएको भनिएको…
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको आशंकामा उनीमाथि अनुसन्धान गरिरहेका छन्। राणा नेपालका २८औँ प्रधानन्यायाधीश हुन्। उनी न्यायाधीश हुँदै प्रधानन्यायाधीशसम्म पुग्दा पनि धेरै पटक विवादमा परेका थिए। उनीमाथि विभिन्न समयमा मुद्दामा चलखेल गर्ने, आफूअनुकूल इजलासमा मुद्दा…
काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले घर भाडामा लिएर सुन पगाल्ने र कारोबार गर्ने काम गरिरहेका थिए। घरबाट सुन पगाल्ने उपकरण र विभिन्न रसायन पनि फेला परेका छन्। अनुसन्धानबाट सुन…
भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गर्न प्रस्ताव गरेको हो । भारतले उनको नाम स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाइसकेको छ। सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेलाले यसअघि भुटानका लागि…
![]()