गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ दभौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार भएको भीषण स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्याङ्जाको चापाकोट–चिर्कोट क्षेत्रबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कार्पियो गाडी सडकबाट करिब २५० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटना सोमबार दिउँसो करिब ४ बजेतिर…
आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित भइरहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षा गराउन सक्ने अनुमान गरिएको हो। पूर्वानुमानअनुसार मंगलबारदेखि नै आकाशमा बादल बढ्न थाल्नेछ भने बिहीबार रातिबाट वर्षा सुरु हुन सक्छ।…
कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ गरेको छ। अहमदी गभर्नरेट सुरक्षा निर्देशनालय अन्तर्गतको वाफ्रा प्रहरी चौकीले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा एक घरभित्र अवैध रूपमा मदिरा उत्पादन भइरहेको फेला पारेको हो। पक्राउ पर्नेमा चार भारतीय र…
नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी स्कुलनजिक टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालि (वास्तु विहार) ले शनिबार बडादशैँको फूलपातीको अवसर पारेर भूमिपूजा तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका हमालले भूमिपूजा गर्दै परियोजनाको…
सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि हिरासतमा राख्नु अपवादात्मक उपाय भएको भन्दै केवल हिरासत अवधि लम्ब्याउने उद्देश्यले म्याद थप गर्न नमिल्ने स्पष्ट गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान अधिकारीले म्याद थप…
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सयभन्दा बढी घरगोठ बगेका छन् भने १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई मोटरेबल पुल, चार झोलुङ्गे पुल, एक विद्यालय भवन तथा तीन जलविद्युत् आयोजनामा क्षति…
लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी कुल ६ वटा पुल बगाएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले आरुघाट–त्रिपुरासुन्दरी जोड्ने पक्की पुल र सोती–मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। त्यसैगरी धार्चे गाउँपालिका–१ र…
गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।…
राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले औपचारिक रूपमा मृत घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाले विशेषगरी भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएकाका परिवारलाई मृत्युदर्ता तथा राहत प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। सीआईबीका अनुसार इजरायल पठाइदिने प्रलोभन देखाएर रकम उठाउने गिरोहसँग खड्काको संलग्नता देखिएपछि…
![]()