तिमी बोल्दैनौ, तर साँझको बतासले तिम्रो खबर ल्याइरहन्छ। झ्यालको पर्दा हल्लिँदा लाग्छ, कसैले मेरो नाम बिस्तारै उच्चारण गर्यो। आकाशभरि तारा छन्, तर मेरा आँखाले एउटै उज्यालो खोजिरहन्छन्। सायद त्यो तारा होइन, तिम्रो सम्झनाले रातको निधारमा राखेको सानो उज्यालो हो। हामीबीच कुनै वाचा लेखिएको छैन, कुनै सम्बन्धको नाम पनि छैन। तर किन…
सातै सागर पारि पनि, एउटै भाव जागोस्, भिन्न भाषा, भिन्न भेषमा, प्रेमदीप नै लागोस्। हिमशिखरदेखि सागरसम्म, एउटै स्वर गुञ्जियोस्, मानवताको विशाल गगन, कविताले नै भरियोस्। न रङ्गले रोक्न सकोस्, न जातिले छेक्न पाओस्, न सीमाका पर्खालहरूले, हृदय टाढा लान पाओस्। कलम हातमा लिएर हामी, घृणातिर नजाऔँ, प्रेम, शान्ति र करुणाका,…
सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा, आज एक्लै छन् मेरा। हिजो आफ्ना लाग्ने मान्छे, आज बने पराई। क्यालेन्डरमा मेटिन्छ, दिन–मिति वर्षौँमा। तर त्यो घाउ कहाँ मेट्ला, मुटुभित्र बसेको? हाँस्न खोज्छु संसारमा, आँसु लुकाई मनमा। केही घटना…
मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै हुनुहुन्छ भने दुइटैको एउटै उत्तर थियो औँ सन्चै छु। आमा विस्तारमा लडिरहेको देखेँ मुख सुकेको,छाला चाउरिएका आँखा थाकीसकेका,खुट्टा चल्न नसकेका वचपनमा मायाले मलाई डोर्याउने हातहरु फोन समाउन नसकेर कापीरहेका अझैपनि…
गरिबको घरमात्र देख्नेहरूलाई भनिदेऊ, खोलाको धारमाथि बनेका महल पनि हेरिदेऊ। सरकारी जमिन ओगटेर बसेका बस्तीलाई, नियमको ऐना देखाई सत्यको मुख हेरिदेऊ। हिजोको घाउ देखाएर आजलाई दोष दिनेहरू, आफ्नै इतिहासको पाना पल्टाई हेरिदेऊ। बाढीले बगाएको घरको पीडा बुझ्नैपर्छ, राहत लिएर पुगेका ती हात पनि हेरिदेऊ। कमजोरी भेटिए प्रश्न गर, औँला पनि…
फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो आँगन, तिमीबिनाको यो जीवन लाग्छ किन निर्जन। पात हल्लिँदा लाग्छ मलाई तिमी आयौ कि, चिसो हावाले कानैमा नाम तिम्रो गायो कि। आकाशभरि जून हाँस्छ, ताराहरू बोल्छन्, मुटुभित्र लुकेका पीर आँखाबाट…
केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै सकिन्छ। मौन बनेर हृदयभित्र, पीडा बनी बसिन्छ॥ रातको त्यो निस्तब्धतामा, यादहरू आउँछन्। वर्षाका ती चिसा थोपामा, आँसु बनी झर्छन्॥ बिर्सन खोजे जति धेरै, झन् गहिरो बन्छ। अधुरो त्यो प्रेमको कथा,…
घनघोर बादल गर्जिए, हरियो भयो वन, शीतल बूँद झरेपछि, हर्षित भयो मन। खोला नाला मुस्कुराए, बग्न थाले गीत, धरतीमाथि छरियो फेरि, जीवनको संगीत॥ इन्द्रेणीले गगनभरि, रङ्ग अनेक छर्यो, चरीहरूको मधुर स्वरले, वनवनै भर्यो। धानका ती हरिया बाला, हावासँगै हाँसे, किसानका ती आशाका दीप, खेतभित्रै बाँसे॥ माटोको त्यो मीठो बास्ना, मनमुटुसम्म…
मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा…
-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए। ढुंगाका टुक्राले देउतालाई र पुजारी दुवैलाई लाग्यो। म भने आत्तिएँ पनि सतर्क भएर बसेँ।पुजारीलाई सबैले सोधपुछ गरे।पुजारीलाई त्यहाँबाट अस्पताल लगियो। देउतातिर कसैको ध्यान गएन।कसैले ध्यान नदिए पनि देउताले खुसी साथ…
![]()