Saturday 17th October 2026

कविता: सम्झनाको त्यो दिन


सम्झनाको त्यो दिन
त्यो दिन अझै आँखामा,
त्यो क्षण मुटुमा बाँच्छ।
समय टाढा लागे पनि,
सम्झनाले नछोड्छ।
सँगै हिँडेका बाटा,
आज एक्लै छन् मेरा।
हिजो आफ्ना लाग्ने मान्छे,
आज बने पराई।
क्यालेन्डरमा मेटिन्छ,
दिन–मिति वर्षौँमा।
तर त्यो घाउ कहाँ मेट्ला,
मुटुभित्र बसेको?
हाँस्न खोज्छु संसारमा,
आँसु लुकाई मनमा।
केही घटना यस्ता हुन्छन्,
जीवनै मोडिदिन्छन्।
सम्झेर त्यो पुरानो दिन,
मौन हुन्छ यो हृदय।
भेट नहोस् फेरि जीवनमा,
स्मृति भने मर्ने छैन।

– गोबिन्द राज ओझा (राजन


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...