Monday 19th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई खसालिएको दाबी गरिएको छ। आक्रमणको मुख्य लक्ष्य सेन्ट पिटर्सबर्गस्थित एक प्रमुख तेल टर्मिनल थियो। वार्षिक १ करोड २५ लाख टनसम्म इन्धन व्यवस्थापन गर्न सक्ने…

Image

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार राति हिंसात्मक बनेका छन्। शान्तिपूर्ण रूपमा सुरु भएका प्रदर्शनहरू केही स्थानमा दंगा, आगजनी र तोडफोडमा परिणत भएपछि देशभर तनावपूर्ण अवस्था सिर्जना भएको छ। अधिकारीहरूका अनुसार घटनाका क्रममा एक जना २२…

Image

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको कम्पनी स्टारलिङ्कले रिलायन्स इन्डस्ट्रिजको भनाइको जवाफ दिँदै भारतमा उच्च गतिको इन्टरनेट सेवा दिन आफू तयार रहेको बताएको छ। कम्पनीका अनुसार उसले पाँच वर्षभन्दा बढी समयदेखि भारतीय नियामक निकाय, दूरसञ्चार क्षेत्रका…

Image

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको अवस्थाबारे विवाद चर्किएको छ। निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्ने तयारीमा रहेका दिप्केलाई प्रहरीले रोकेको र नियन्त्रणमा लिएको समाचार…

Image

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अल-माशिक राष्ट्रपति भवनमा पाँचवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। आक्रमणका बेला प्रधानमन्त्री शाया जिन्दानी र अन्य मन्त्रीहरू भने सुरक्षित रहेका छन्। हुथी समूहले अदेनमा रहेको साउदी…

Image

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका घाइते भएका छन्। रातभर परेको भारी वर्षाका कारण अल खैर पब्लिक स्कुलको दुईतले भवनको छाना कमजोर भएर खसेको बताइएको छ। मृत्यु भएका बालबालिका ६ देखि १४ वर्ष उमेरका थिए। उद्धारकर्मी…

Image

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न युक्रेनलाई कठिन बनाएको छ। पछिल्लो रुसी आक्रमणमा मिसाइल अभावका कारण धेरै ब्यालिस्टिक मिसाइल रोक्न नसकिएको बताइएको छ। रुसले किभ र खार्किभका ऊर्जा संरचनामा आक्रमण गरेको थियो। किभमा चार जनाको मृत्यु…

Image

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार यो प्रतिबन्धका कारण निश्चित गतिभन्दा छिटो चल्ने हतियारहरूले नेटवर्कसँगको सम्पर्क गुमाएका थिए। स्पेसएक्सका मालिक इलोन मस्कले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै स्टारशिल्ड नामक सैन्य प्रयोजनको…

Image

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ अल बम्स) प्रयोग गर्ने सम्भावित योजना तयार गरेको छ। MOAB अमेरिकाको सबैभन्दा ठूलो गैर-आणविक बम हो। यसलाई प्रयोग गर्ने विषयमा अमेरिकी प्रशासन र सैन्य अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ। तर…

Image

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। साउदी नेतृत्वको गठबन्धनले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको जनाएको छ। बुधबार साउदी राजधानी रियादमा शक्तिशाली विस्फोटका आवाज सुनिएको…