Sunday 4th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन गरेका छन्। प्रदर्शनहरू मुम्बई र नयाँ दिल्लीसहितका शहरमा जारी छन्। प्रदर्शनकारीहरूले निर्वाचन सूची पुनरावलोकनका क्रममा लाखौं मतदाताको नाम हटाइएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले धेरै नागरिकलाई मतदान अधिकारबाट वञ्चित…

Image

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। पछिल्ला सर्वेक्षणहरूले दुवै उम्मेदवारबीच निकै प्रतिस्पर्धात्मक अवस्था रहेको देखाएका छन्। निर्वाचनअघि दुवै उम्मेदवारले व्यापक चुनावी अभियान सञ्चालन गरेका थिए। राष्ट्रपति लुला दा सिल्भा ले आफ्नो सरकारको सामाजिक…

Image

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ। राष्ट्रपति परिषद्का प्रमुख राशाद अल-अलिमीले सेना र सुरक्षा निकायलाई हुथी विद्रोहीबाट देशलाई मुक्त गराउने उद्देश्यसहित कारबाही अघि बढाउन निर्देशन दिएका छन्। हालै हुथीहरूले रातो सागर किनारका महत्वपूर्ण क्षेत्रहरू आफ्नो नियन्त्रणमा…

Image

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्। सुरक्षा निकायहरूले दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा छापा मारेर २४० भन्दा बढी विदेशीलाई नियन्त्रणमा लिएका हुन्। उनीहरूको साथबाट कम्प्युटर, मोबाइल फोन, ल्यापटप र सिमकार्डसमेत बरामद गरिएको छ। फिलिपिन्स सरकारले…

Image

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९ वर्षीया महिलाको शव शनिबार बिहान होटलको कोठामा फेला परेको थियो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। होटलको सीसीटीभी फुटेजमा ती महिला एक विदेशी पुरुषसँग कोठामा प्रवेश गरेको र पछि ती…

Image

स्पेनका विभिन्न सहरमा हजारौं मानिसले घरभाडा महँगो भएको र मानिसहरूलाई घरबाट निकाल्ने क्रम बढेको भन्दै प्रदर्शन गरेका छन्। सरकारले भाडामा बस्ने मानिसलाई राहत दिने नयाँ कानुन ल्याउन खोजे पनि संसदले त्यसलाई अस्वीकार गरेको थियो। प्रदर्शनकारीहरूले घरभाडा घटाउन, जबर्जस्ती घरबाट निकाल्न रोक लगाउन र ठूला लगानी कम्पनीहरूले धेरै घर किन्न नपाउने…

Image

युक्रेनको राजधानी कीभमा आइतबार रुसी ड्रोनले उत्तरी पुल (नर्दर्न ब्रिज) मा आक्रमण गर्दा दुई जना घाइते भएका छन्। आक्रमणका बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि कीभ पुगेका थिए। रुसले राजधानीको पूर्वाधारलाई लक्षित गर्दै लगातार आक्रमण गरिरहेको छ। पछिल्ला केही दिनमा कीभका प्रमुख पुलहरूमा पटकपटक हमला…

Image

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य भूमिका साउदीको स्थलसीमा सुरक्षा गर्नु तथा हुथीहरूको ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट राज्यको पूर्वाधार जोगाउन सहयोग गर्नु रहेको बताइएको छ। यो समाचार त्यतिबेला आएको हो, जतिबेला साउदी अरेबियाले यमनमा इरानसमर्थित हुथीविरुद्ध…

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि कार्यक्रमस्थलमा चर्को हुटिङ भएको छ। खुलामञ्चमा आयोजित समारोहमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अर्बौं रुपैयाँ ठगी भएको विषय उठाएका थिए। न्यौपानेले नेपाली जनताले दुःखजिलो…

Image

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक कानलाई बताएको छ। स्रोतका अनुसार हमासको एक वरिष्ठ प्रतिनिधिमण्डलले सेप्टेम्बरको सुरुवातमा तेहरान पुगेर इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको थियो। रिपोर्टअनुसार हमास प्रतिनिधिमण्डलले इरानसँग पहिले रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्न…