कुवेतस्थित लुलु हाइपरमार्केटले हुवावेको सहकार्यमा ‘सुपर फ्राइडे’ प्रवर्द्धन अभियान सुरु गरेको छ। नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म सञ्चालन हुने यस अफरमा विभिन्न वस्तुमा ७० प्रतिशतसम्म छुट प्रदान गरिएको छ।
यस अभियानअन्तर्गत इलेक्ट्रोनिक्स, मोबाइल, गेमिङ सामग्री, घरायसी उपकरण, फेसन सामग्री, किराना तथा दैनिक उपभोग्य वस्तुहरूमा आकर्षक छुटको व्यवस्था गरिएको लुलुले जनाएको छ।
फेसनतर्फ रिबोक, प्यूमा, स्केचर्स, वुडल्यान्ड, यू.एस. पोलो एसन र जीएपीजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका कपडामा ७० प्रतिशतसम्म छुट दिइएको छ भने केही लुगामा ५० प्रतिशत फ्ल्याट छुट उपलब्ध छ।
त्यस्तै, चश्मा, सनग्लास, ब्याग, लगेज तथा ट्राभल सामानमा पनि विशेष छुट राखिएको छ। जाडो मौसमलाई लक्षित गर्दै कम्बल, विन्टर प्रोटेक्टरलगायतका सामग्री विशेष मूल्यमा बिक्रीका लागि राखिएको छ।
खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा पनि ५० प्रतिशतसम्म छुट दिइएको लुलुले जनाएको छ। ताजा फलफूल, तरकारी, खाद्य सामग्री तथा घरायसी आवश्यक वस्तुमा विशेष अफर उपलब्ध रहेको बताइएको छ।
लुलु हाइपरमार्केटले गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई यस अभियानमार्फत थप मजबुत बनाएको जनाएको छ। अभियानको उद्घाटन लोकप्रिय टेक तथा लाइफस्टाइल भ्लगर नुरा बेलालिफ, सारा फैसल र मोहम्मद अलमिरले लुलु कुवेतका अधिकारीहरूसँग संयुक्त रूपमा गरेका थिए।