नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। अदालतले मुख्य आरोपीहरू सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाललगायतबाट ठगी गरेको रकम असुल गरेर पीडितलाई फिर्ता…
भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट नाम हटाइएको आरोप लगाउँदै सर्वोच्च अदालतसम्म विरोध मार्च गरेका छन्। विपक्षी सांसदहरू र हजारौं समर्थकहरूले नयाँ दिल्लीमा प्रदर्शन गर्दै देशव्यापी मतदाता सूची संशोधन प्रक्रियाको छानबिन गर्न माग गरेका छन्। उनीहरूले…
अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्। नयाँ नियमका कारण केही विद्यार्थी र शिक्षकलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ। यस कदमको विरोधमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरेका छन् भने सामाजिक सञ्जालमा पनि अभियान चलाइएको छ। विद्यार्थी र शिक्षकहरूले…
यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि स्थगित गरेको छ। हालसम्म आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। साउदी सरकारले हुथी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ भने संयुक्त राष्ट्रसंघले थप सैन्य तनावले क्षेत्रीय संकट गहिरिने…
अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने नयाँ आर्थिक मोडेल विकास गरेबापत २०२६ को नोबेल अर्थशास्त्र पुरस्कार प्रदान गरिएको छ। स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले सोमबार उनीहरूलाई पुरस्कार प्रदान गरेको घोषणा गरेको हो। उनीहरूको अनुसन्धानले व्यक्तिहरू…
फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ लालिमा, पखालीकन आँसुका कण सबै, चम्कोस् महाकालीमा। फुलोस् लालीगुराँस यो वनभरि, गच्छन् नयाँ पालुवा, मिलेरै हसिली बनाऊँ धारा, हाँसून् बालुवा बालुवा। हिमालै मुस्कुराओस् स्वच्छ बनेर, बगोस् नदी कञ्चन, सारा भ्रातृभाव…
उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र ९०० किलोमिटरभन्दा बढी दूरीसम्म पुगेको बताइएको छ। यो परीक्षण दक्षिण र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला भएको हो। गत महिना दुवै देशको सीमाक्षेत्रस्थित सैन्य निषेधित क्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा…
सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी मानवअधिकार समूहले इजिप्टको वायुसेनामाथि आक्रमण गरेको आरोप लगाएको भए पनि इजिप्टले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणपछि खानी क्षेत्रमा अफरातफरी मच्चिएको थियो। धेरै मजदुरको घटनास्थलमै मृत्यु भएको…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला…
![]()