Wednesday 30th September 2026

रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान शुरु


तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका  रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै उनी  निर्बाचित जिल्ला अर्घाखाचीमा  हस्ताक्षर अभियान थालिएको छ ।

 चर्चित  भुटानी शरणार्थी प्रकरणमा २ ०८० असार १ गते निलम्बित सांसद  रायमाझी सहित २ दर्जन कारागार चलान भएका थिए भने कांग्रेस नेता बालकृष्ण खाडसहितका धेरैजसो उच्चको आदेशमा धरौटीमा छुटेका छन्। अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । रायमाझी नेकपा एमालेका निलम्बित सचिव भएपनि हस्ताक्षर अभियानको अगुवाई भने एमालेले नगरी स्थानीय युवाहरुले गरेका छन् । एकै  मुद्दामा पक्राउ परेका कांग्रेस नेता  खाडसहितका धेरै व्यक्तिहरुलाई  धरौटीमा छाडिएपनि लामो समयदेखि  रायमाझीलाई प्रतिशोधकै कारण हिरासतमा राखिएको अभियान चलाउने युवाहरुको भनाइ रहेको छ।
तस्बिर:-सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...