Monday 12th October 2026
Top
Image

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण गर्न तयार रहेको जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अक्टोबर ११ मा साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहानसँग टेलिफोन वार्ता गर्दै क्षेत्रीय तनाव र द्वन्द्व समाधानका उपायबारे छलफल गरेको उपलब्ध…

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला…

Image

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। घटनामा घाइते भएका भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो। भारतीय दूतावासले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै परिवारसँग निरन्तर सम्पर्कमा रहेको…

Image

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारले सुरक्षा निकायसहित विभिन्न प्राविधिक र स्वास्थ्य टोली परिचालन गरेको छ। मन्त्री महावीर पुनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उद्धार, राहत…

Image

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। आइतबार कार्यकारी मजिस्ट्रेटसमक्ष उपस्थित गराइएका तीनै जनालाई रिहा गर्न आदेश दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्ली प्रहरीले शनिबार मुम्बईबाट दिल्ली पुगेको विमानभित्रै प्रवेश गरेर तीनै नेतालाई नियन्त्रणमा लिएको थियो।…

Image

रियाद, २५ असोज। साउदी अरबको नेतृत्वमा रहेको यमन सरकारसमर्थक सैन्य गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा व्यापक हवाई कारबाही गर्दै १३६ सैन्य लक्ष्य ध्वस्त पारेको दाबी गरेको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मालिकीले शुक्रबार राति सुरु गरिएको अभियानमा हुथी लडाकुका सैन्य क्षमता र क्षेप्यास्त्र सञ्जाललाई निशाना बनाइएको बताउनुभएको छ।…

Image

इरान युद्धको नयाँ मोर्चा: रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु; हुथीविरुद्ध युद्धमा उत्रिने अमेरिकाको सङ्केत साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गरिरहेको सैन्य कारबाहीमा अमेरिका पनि सहभागी…

Image

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही हो—न्यायको मन्दिरको नेतृत्व गर्ने व्यक्तिले न्यायपालिकाको प्रतिष्ठा जोगाए कि त्यसलाई विवादको भुमरीमा धकेले? जबराको कार्यकालसँग जोडिएका गम्भीर विवाद र प्रश्नहरूको फेहरिस्त यस्तो छः १. रञ्जन कोइराला प्रकरण : आफ्नी पत्नी…

Image

किसानमध्ये कतिपयले यसबाट राम्रो आम्दानीसमेत गर्न थालेका छन्। तर बाँदरको आतङ्कले यस क्षेत्रको ठूलो परिमाणको खेतीयोग्य जमिन बाँझै रहेको स्थानीयको गुनासो छ। स्थानीय किसान पदम राईले बाँदरको समस्याका कारण मकैखेती छाडेर व्यावसायिक अदुवाखेती सुरु गर्नुभएको हो। उहाँका अनुसार बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ। उहाँले वार्षिक…

Image

सासूको नाममा ब्रोकर कम्पनी, बीमा पुनर्बिमाको कमिसन, पत्नीको खाताबाट व्यक्तिगत खातासम्म रकम र कम्पनीको कार्यालयबाट बरामद विलासी गाडी—अभियोगपत्रले देखाएको कारोबारको शृङ्खला काठमाडौं — एउटा विलासी मर्सिडिज बेन्ज गाडी, एउटा बीमा दलाल कम्पनी र परिवारका सदस्यका नाममा सञ्चालित बैंक खाताहरू। यी तीन पक्ष जोडिँदा नेपालको बीमा तथा वित्तीय क्षेत्रमा भएको भनिएको…