Tuesday 19th March 2024

About Us


तीतोपाटी डट कम (www.titopati.com) समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको साथै सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्नका लागि प्रतिवद्ध युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय गर्दै गतिशील समाजमा सकारात्मक परिवर्तनको मार्गचित्र पहिल्याउदै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने इ-पत्रिका हो । यो बिशेष गरी कुवेत तथा नेपाल अनि संसारभरिका नेपालीहरुको समाचार र विश्लेषणात्मक समीक्षाहरूको वास्तविक चित्र प्रदान गर्न प्रतिबद्ध अनलाइन हो । प्रतिस्पर्धी सूचनाको यो आधुनिक युगमा सहि सूचना प्रसारणको साथमा व्यावसायिक पत्रकारिता र सबैको विश्वासिलो र जिम्मेवार अनलाइन बन्ने अठोटका साथ लागि परेको यस अनलाइनका सामग्रीहरु सबै वर्ग, जाती, धर्म,लिङ्ग, भाषा तथा संस्कार र संस्कृति बोकेकाहरुलाई उत्तिकै सम्मान र उस्तै महत्व दिने खालका छन् ।

हामीलाई थाहा छ, समुदायको सशक्तिकरण, विकास र उन्नतीको लागि तपाई-हामी सबैको साथ, सहयोग र समर्थन चाहिन्छ । तपाईको व्यापार, व्यवसाय वा कारोबारको जानकारी प्रसारण गर्नु भनेको विज्ञापन मात्र होईन, हाम्रा दर्शक, श्रोता र पाठकवर्गलाई सूचना र जानकारी प्रदान गर्ने तपाई हाम्रो साझा प्रयास पनि हो। तितोपाटी डट कम (www.titopati.com) एक पूर्ण ई-पत्रिकाको रूपमा रहेको छ जसमा समाचार-प्रवाह नै प्रमुख प्राथमिकतामा पर्दछ। यो वेबसाइटले सबै पक्षलाई समावेश गर्दछ जुन पूर्ण अनलाइन मिडियामा हुनु पर्ने बिषय बस्तुसंग सम्बन्धित छ। यो वेबसाइट अडियो, भिडियो लगायत विभिन्न प्रकारका समाचार बुलेटिन, जानकारीमुलक लेख, रचना, खेलकुद, मनोरन्जन, स्वास्थ्य गतिबिधि लगाएत मानव जिवन सञ्चालनमा घर,समाज, देश र बिदेशमा हुने गरेका गतिबिधिहरु प्रसारण गरी बिशेष गरी मध्यपुर्ब तथा खाडी क्षेत्र तथा बैदेशिक क्षेत्रको अनलाइन समाचारको सेरोफेरोमा सबैभन्दा लोकप्रिय अनलाइन हुन सक्छ भन्ने हामीले अपेक्षा गरेका छौं। वेबसाइटका अन्य पक्षमा नेपाल समाचार,अरब, विश्व समाचार, मोडेल , फोटो फिचर, जीवन शैली, गजल , कविता, कथा आदिलाई पनि प्रस्तुत गरिएको छ ।

परदेशमा रहेर पनि यो वेबसाइटले नेपालको समाचार र नेपालीको लागि नै विशेष प्राथमिकता दिएको छ ताकि पाठक वर्ग यस वेबसाइट मार्फत आफ्नो देशसँग जोडिन सकुन् । कोसेली समुहको मातहतमा रहेको तितोपाती डट कम (www.titopati.com) ले राष्ट्रिय चासोका विषयका साथै स्थानीय घटना क्रमलाई पनि एकीकृत गर्ने काम प्रभावकरी ढंगले समाचारमा रुपान्तर गरि जानकारी प्रदान गर्दै अाइरहेको छ । कोसेली समुहबाट पहिले त्रैमासिक हुँदै द्वैमासिक रूपमा प्रकाशन हुँदै अाएको कुवेतको नेपाली समाजमा रहेको एक मात्र छापा पत्रिका मरूभूमिको कोसेलीलाई अव उप्रान्त स्मारिका(बिषेश) अंकको रूपमा वर्ष भरिका गतिबिधिहरुलाई समेटेर कोसेली समुहको बार्षिकोत्सवको बेलामा प्रकाशन गरेर सम्पूर्ण पाठक वर्ग एवं शुभचिन्तकहरुलाई निःशुल्क वितरण गर्ने अठोट पनि ब्यक्त गर्दछ गर्दछौं ।
हाम्रा उद्देश्यहरू
१) समावेशी आवाजको प्रतिनिधित्व गर्दै नयाँ नेपाल निर्माणमा उपेक्षित वर्गको पहुचका लागि सम्वाहकको भूमिका निवार्ह गर्ने ।
२) विसंगती,विकृति,अन्धविस्वास र रुढीवादी चिन्तनलाई निरुसाहित गर्दै वैज्ञानिक अवधारणलाई स्थापित गर्ने।

३) सत्य-तथ्य समाचार(समाचारको प्रकृति हेरी सके सम्म पीडित र पिडकको भनाइ सहित सम्बन्धित निकायसँग प्रमाणित गरेर), मनोरन्जन, खेलकुद, स्वास्थ्य, साहित्य, जानकारी मुलक सामाग्रीहरु सम्प्रेषण गर्ने ।

४) सूचना,विज्ञापन र कार्यक्रमको माध्यमवाट स्वदेश तथा विदेशका उद्योग ब्यवसाय र ब्यपारलाई प्रवर्धन र प्रोत्साहन गर्ने ।

विज्ञापन तथा सूचनाको लागि यो वेब पत्रिका परिवर्तनको मुल उद्देश्य अनुरुप स्वदेश तथा विदेशमा भएका उद्योग, ब्यवसाय, ब्यापार प्रवर्धनका लागि चिनाउन विज्ञापन तथा सूचना समेत सम्प्रेषण गर्ने योजना रहेको जस्लाई विज्ञापन शुल्क भन्दा पनि विज्ञापन प्रशरण सहयोग राशीको रुपमा कायम गरिएको छ ।

र अन्त्यमा,

एक्काइसौ शताब्दी सूचना र संचारको आधुनिक युग हो । सूचना र संचारको विकासकका कारण विश्व समुदाय नै हत्केलामा राख्न सकिने ग्लोब समान भएको यो युगमा तपाईं-हामी सबैले सामाजिक सन्जालको माध्यामबाट सूचना-प्रविधिमा हातमा हात र काँधमा-काँध मिलाएर अगाडि बढ्दै सामाजिक सन्जालको सही सदुपयोग गर्दै आपत-बिपतमा परेकाहरुको राहत-उद्दार, लुकेका र लुकाइएका कुराहरुलाई सम्बन्धित ठाउँ सम्म पुर्याउँदै सामाजिक उत्तरदायित्व निर्बाह गर्नु अपरिहार्य छ। यो गैर-लाभकारी मिडिया कोसेली समुह अन्तर्गत रही परोपकारी कामका साथमा सत्य र सही समाचार सम्प्रेशण गर्ने संगठित सँस्था भएकोले अनन्त कालसम्म नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई संसारभरका ताजा समाचार, सूचना, मनोरञ्जन, खेलकुद र विविध गतिविधि प्रसारित गर्ने दायित्व निर्वाह गरिरहने छ ।

धन्यवाद ।