Friday 9th October 2026
नेपालको समाचार
Image

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अभियोगपत्रमा प्रतिवादीहरूबाट २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ १० पैसा बिगो, सो बराबरको रकम असुल, दोब्बर जरिवाना, कैद तथा सम्पत्ति जफतको मागदाबी गरिएको…

Image

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार राणासहित उनीसँग निकट सम्बन्ध रहेको भनिएका पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमिल्सिना, नवीनराज बस्नेतलगायतका व्यक्तिका घरमा एकैसाथ छापा मारेको विभिन्न स्रोतले जनाएका छन्। विभागले केही विद्युतीय उपकरण तथा…

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान शुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन…

Image

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गर्न प्रस्ताव गरेको हो । भारतले उनको नाम स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाइसकेको छ। सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेलाले यसअघि भुटानका लागि…

Image

गैरहिन्दू मुस्लिम दम्पती पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश गरेको विषयमा पक्राउ परेका प्रियंका परियार र उनका पति असिम अन्सारीलाई इलाका प्रहरी कार्यालय इटहरीले हवाई उडानमार्फत काठमाडौं ल्याएको छ। पशुपति क्षेत्र विकास कोषले साइबर ब्युरोमा गरेको पत्राचारका आधारमा इटहरीबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार काठमाडौं ल्याइएका दम्पतीमाथि अब साइबर ब्युरो तथा…

Image

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै विषय पढाउने हो भने धेरै विश्वविद्यालय खोल्नुको औचित्य हुँदैन। सिमरामा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री पोखरेलले विशिष्टीकृत विश्वविद्यालय निर्माण र विश्वविद्यालयको आफ्नै पहिचान विकासमा जोड…

Image

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’ भनेर चिनिन्छ, भारतको केरलाकी प्रसिद्ध आध्यात्मिक तथा मानवीय अभियन्ता हुन्। उनको मुख्य परिचय धार्मिक गुरुका रूपमा मात्र होइन, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, विपद् उद्धार र मानवीय सेवामा सक्रिय अन्तर्राष्ट्रिय अभियन्ताका…

Image

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे भूमि ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुन संशोधन गरी भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हालसम्म १३ लाखभन्दा बढी निवेदन…

Image

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले खोज तथा उद्धारको चरण समाप्त गर्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बैठकले प्रभावित क्षेत्रका लागि…

Image

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ अधिकारी र नेपालस्थित चिनियाँ दूतावासका दुई प्रतिनिधि रहेको टोली शनिबार कोरला नाका पार गर्दै नेपाल प्रवेश गरेको हो। राजदूतसहितको टोलीले कोरला नाका तथा मुस्ताङ भन्सार क्षेत्रको स्थलगत अवलोकन गरेको छ।…