नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीअनुसार, १९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण…
तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाकक्षमा सम्पन्न गरिने भएको छ । गोरखा घर भइ कुवेतमा छरिएर रहेका आप्रवासी श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको…
तितोपाटी-पाल्पामा अन्तरास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसर पारेर "आप्रवासी श्रमिक सञ्जाल" गठन भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट जन्मभूमि फर्किएका व्यक्तिहरूको लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। सोही मौकामा जिल्ला र तानसेन नगरपालिका स्तरीय सञ्जालको गठन गरिएको हो। तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बैदेशिक रोजगारीबाट…
गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच विभाजित भएको ४ बर्ष आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्वले…
गुलाम नवी मन्सुर/ कुवेत - राजनीतिक नेतृत्व केवल पद र कुर्सीमा सीमित हुँदैन यो त समाजका हरेक तप्काको विश्वास, मनोविज्ञान र भविष्यसँग जोडिएको हुन्छ। तर, जब नेतृत्वमा संघर्षको राप र अनुभवको परिपक्वताको अभाव हुन्छ, त्यसले नतिजा होइन, केवल भ्रम र अस्थिरता जन्माउँछ। हालै सम्माननीय प्रधानमन्त्रीज्यूबाट मुस्लिम समुदाय र विशेष गरी…
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन्। आयोगमा कुल १३४ दल रहेका छन्। तीमध्ये ८० दलले दल दर्ता गराएका हुन्। आजमात्रै १६ दल दर्ता भएको…
गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय…
सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको छ र अनुभवको भण्डार बनेको छ तर विकास र स्थायित्वका लागि अपेक्षित परिणाम ल्याउन सकिएको छैन। पुराना शैली र निर्णयहरूले देशलाई कहिले अघि बढाए भने कहिले रोकिदिएका छन्। आजको युवा…
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत वाम पार्टीबीच एकता घोषणा…
तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने मूल नाराका साथ जेनजी समूहको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा सम्पन्न भएको हो । शनिबार आयोजित सम्मेलनमा सातै प्रदेशका संयोजक र देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा करिब ३…
![]()