Friday 9th October 2026
नेपालको समाचार
Image

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक सवारी साधन प्रयोग गर्नेछन्, जसले सडक र यातायात व्यवस्थापनमा ठूलो दबाब पर्ने देखिएको छ। प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्मको समय सबैभन्दा व्यस्त हुनेछ। यस अवधिमा मात्रै २ देखि ३ लाख मानिस काठमाडौंबाट…

Image

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको र ५१० परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी ३९ जनाको मृत्यु करेन्ट लागेर भएको छ। त्यसपछि डुबेर २९ जनाले ज्यान गुमाएका छन्। वन्यजन्तुको आक्रमण, चट्याङ र आगलागीबाट पनि मानिसहरूको मृत्यु…

Image

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ भने अन्तिम दुई दिन नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापा ले संसद्, राजनीतिक…

Image

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यशैली तथा महत्वाकांक्षामाथि गम्भीर टिप्पणी गरेका छन्। गिद्धे प्रेस मार्फत प्रसारित राजनीतिक संवाद कार्यक्रम पुनश्चमा पत्रकार ठाकुर बेलबासेसँग कुराकानी गर्दै विश्लेषक आचार्यले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कार्यपालिका (सत्ता) को शक्ति अभ्यास गर्ने लत बसिसकेको दाबी गरेका हुन्। अदालत र कार्यपालिकाबीचको क्षेत्राधिकार…

Image

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै…

Image

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ६१ घर तथा गोठ बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीले गलकोट–९ को…

Image

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए पनि तालजस्तै अवस्था कायम रहेको छ। तालको बहाव सञ्चालन गर्न एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ भने इन्धन नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्‍याइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम…

Image

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गरेको उल्लेख गर्दै न्यायिक…

Image

अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। निसीखोला गाउँपालिकामा पाँचजनाको ज्यान गएको छ। शनिबार ताराखोला गाउँपालिकामा पनि एकजनाको मृत्यु भएको थियो। प्रभावित क्षेत्रमा पहिरोले घरहरू बगाएको…

Image

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ। तर बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कान्ति राजमार्ग, कालीगण्डकी करिडोर, राप्ती राजमार्ग तथा त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र सडक क्षतिका कारण…