Friday 9th October 2026
नेपालको समाचार
Image

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने २ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्। सबैभन्दा बढी असर हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा परेको छ। हनुमाननगर कङ्कालिनीका वडा नम्बर ५, ७, १२ र…

Image

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो। विपद्का कारण १४३ घर…

Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…

Image

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय बस्तीहरू डुबानमा परेका छन् भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गैँडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नदी किनारका बस्तीमा बाढी पस्दा सयौं स्थानीय प्रभावित भएका छन्। गैँडाकोटको १८…

Image

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए।…

Image

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान तथा धार्मिक कर्म गरिन्छ। हिन्दु परम्परामा श्राद्धलाई पूर्वजप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्ने संस्कारका रूपमा लिइन्छ। शास्त्रअनुसार श्रद्धापूर्वक गरिने श्राद्धबाट पितृहरूको तृप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि…

Image

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव बढ्दा बस्ती डुबानमा परेका छन् भने धेरै राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। पूर्वी नवलपरासीको दुम्कौलीमा पछिल्लो २४ घण्टामा १९३ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा बढी…

Image

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित बनेका छन्। बाढीका कारण गाउँ चारैतिरबाट नदीले घेरिएको छ भने आवागमन पूर्ण रूपमा बन्द भएको छ। करिब ७० देखि ७४ घरधुरी जोखिममा रहेका छन्। हाल ५ देखि ७ घरमा पानी…

Image

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बाढी बस्तीमा पसेपछि करिब ८० वटा घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका हुन्। घटनामा मानवीय क्षति भए–नभएकोबारे भने अझै यकिन हुन सकेको छैन। बाढीका कारण अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्। बाढीको जोखिम बढेपछि सशस्त्र प्रहरी…