Tuesday 17th November 2026

इरानले अमेरिकाभित्र ‘डर्टी बम’ आक्रमणको योजना बनाएको आशंका, वाशिङ्टनमा सुरक्षा सतर्कता उच्च


अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी भूमिमै ठूलो आक्रमण गर्न सक्ने सम्भावनाबारे नयाँ सूचना प्राप्त गरेको जनाएको छ। उक्त सूचनाअनुसार इरानले ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने विकल्पबारे योजना बनाइरहेको हुन सक्छ।

अमेरिकी अधिकारीहरूका अनुसार हाल आक्रमणको तत्काल खतरा भने देखिएको छैन। तर सम्भावित लक्ष्य र स्थानबारे विस्तृत छलफल भएको जानकारी पाएपछि सुरक्षा निकायहरू थप सतर्क बनेका छन्।

ह्वाइट हाउसले अहिले अमेरिकाको मुख्य भूमिमा कुनै विश्वसनीय खतरा नरहेको जनाएको छ। यद्यपि इरानमाथि जारी अमेरिकी सैन्य दबाब र आर्थिक प्रतिबन्धका कारण तनाव बढ्दै गएको अधिकारीहरूको भनाइ छ।

अमेरिकी सुरक्षा निकायहरूले सम्भावित खतरा रोक्न आकस्मिक योजना बनाइरहेका छन्। केही उच्च अधिकारीहरूको सुरक्षासमेत थप कडा पारिएको छ।

विशेषज्ञहरूका अनुसार ‘डर्टी बम’ परमाणु बमजस्तो शक्तिशाली हुँदैन। यसले सामान्य विस्फोटकसँग रेडियोधर्मी पदार्थ मिसाएर डर र आतंक फैलाउने काम गर्छ। विस्फोटपछि प्रभावित क्षेत्रमा विकिरण फैलिन सक्छ र मानिसहरूको स्वास्थ्यमा असर पर्न सक्छ।

यसैबीच अमेरिकी अधिकारीहरूले मध्यपूर्वमा रहेका आफ्ना सैनिकहरू पनि इरानी रासायनिक हतियारको जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सैनिक तथा कूटनीतिक कर्मचारीहरूको सुरक्षाका लागि आवश्यक तयारी अघि बढाइएको बताइएको छ।

अमेरिका र इरानबीचको तनाव कम गर्न वार्ता जारी रहे पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन। विश्लेषकहरूका अनुसार आगामी केही साताले द्वन्द्व समाधान वा थप तनाव बढ्ने दिशा तय गर्नेछन्।
स्रोतःCNN
https://edition.cnn.com/2026/11/16/politics/us-intelligence-iran-dirty-bomb


सम्बन्धित शीर्षकहरु

भारत, १६ नोभेम्बर । बेलायतका युवराज प्रिन्स विलियम र वेल्सकी राजकुमारी प्रिन्सेस क्याथरिन तीनदिने औपचारिक भ्रमणका लागि सोमबार भारतको मुम्बई…

अन्तर्राष्ट्रिय समाचार | १५ नोभेम्बर २०२६ / भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन सहजीकरण गर्न सक्ने संकेत दिएको छ।…

वरिष्ठ नेपाली अभिनेत्री गौरी मल्ल र हास्य कलाकार मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भ्रामक…

प्रतिकृयाहरू
...