Friday 27th November 2026

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै


कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै

किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ सरोकार समाज, कुवेतको संयुक्त आयोजनामा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ।

आगामी नोभेम्बर १३, २०२६ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित मेमोरियल हलमा कार्यक्रम आयोजना हुन लागेको हो।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो लिपि–भाषा हाम्रो शान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा नेपालको १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती स्मरण गरिनेछ। साथै, बलिहाङ तङनामको अवसरमा शुभकामना आदानप्रदान तथा लिम्बू समुदायको मौलिक सांस्कृतिक परम्पराअन्तर्गत लारिङ्गेक–नाम्लिङ्गेक (देउसी भैलो) कार्यक्रमसमेत समेत रहेको आयोजकले जनाएको छ। साथै उक्त कार्यक्रममा कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

आफ्नो भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने यस विशेष अवसरमा सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइका साथ उपस्थित भई कार्यक्रमको शोभा बढाउन र सफल बनाउन आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रम विवरण:

* मिति: नोभेम्बर १३, २०२६ (शुक्रबार)
* समय: मध्यान्ह १२ बजे
* स्थान: मेमोरियल हल, मङ्गाफ, ब्लक ४
* आयोजक: किरात याक्थुङ चुम्लुङ कुवेत तथा माङ्सेबुङ सरोकार समाज कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य…

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजनबाट पछिल्लो आठ महिनाको अवधिमा १० वटा रुग्ण पुलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। पूर्वाधार…

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई लिएर नेपाल र भारत दुवै देशमा चर्चा भइरहेको छ। जेनजी आन्दोलनपछि झन्डै दुईतिहाइ…

प्रतिकृयाहरू
...