Wednesday 25th November 2026
मरुभूमि हालचाल
Image

कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य रूपमा मनाउने भएको छ। जाब्रियास्थित ग्रान्ड अडिटोरियममा विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित समारोह आयोजना गर्न लागिएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका पवित्रा गुरुङ कुवेत आउने भएकी छन्। ‘द…

Image

कुवेतमा आयोजनामा हुन गइरहेको प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ फुटबल पर्व–मेला को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। आगामी नोभेम्बर २०, २०२६ का दिन फाहील सुक सभा फुटबल ग्राउन्ड, कुवेत मा बिहान ८:०० बजेदेखि सञ्चालन हुने प्रतियोगितामा कुवेतका विभिन्न सामाजिक तथा खेलकुद संस्थाका गरी ११ वटा बलिया…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कुवेतका अलग-अलग धारमा रहेका दुई समूहले संयुक्त रूपमा आयोजना गरेको देउसी–भैलो तथा सांगीतिक कार्यक्रमबाट २ लाख २ हजार रुपैयाँ संकलन भएको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। गत बिहीबार कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसमा आयोजित…

Image

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम मुजैनी - पूर्वेली टाइगर फुटबल कप २०२६” भव्य रूपमा आयोजना हुने भएको छ। प्रतियोगितालाई यसपटक फुटबल फेस्टिभल का रूपमा मनाइने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक मुजैनी एक्सचेन्ज कुवेत रहेको…

Image

आगामी नोभेम्बर २० तारिख आयोजना हुन लागेको पूर्वेली टाइगर गोल्डकप–२०२६ सफल बनाउन झापाली समाज कुवेतले ८२ कुवेती दिनार (केडी) आर्थिक सहयोग प्रदान गरेको छ। पूर्वेली टाइगर क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई सफल बनाउन तथा कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समाजले सहयोग…

Image

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ सरोकार समाज, कुवेतको संयुक्त आयोजनामा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ। आगामी नोभेम्बर १३, २०२६ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित मेमोरियल हलमा कार्यक्रम…

Image

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी २० नोभेम्बर २०२६, शुक्रबार कुवेतको फाहाहिलस्थित शुकसवा फुटबल मैदानमा बिहानको ठिक ८:३० बजेदेखि सञ्चालन हुने भएको छ। आगामी १३ नोभेम्बर २०२६, शुक्रबार बिहान ११:०० बजे, महाबुल्लाको फुटबल मैदानमा टिम दर्ता…

Image

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ। निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि,…

Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका विष्णु भट्टराइलाइ नै नेतृत्व सुम्पदै नयाँ कार्य समिति चुनेको छ । “भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम प्रमुख अतिथि नेपाली…