Tuesday 6th October 2026

तमु ल्होसारलाई सम्मान गर्दै ‘निरेम सांगीतिक उत्सव’को मिति परिवर्तन


निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।

निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि, तमु समाजको कार्यक्रमलाई सम्मान गर्दै सद्भाव र सम्मानलाई प्राथमिकता दिँदै कार्यक्रमको मिति पुनःनिर्धारण गर्ने निर्णय गरेको हो।

नेपाली समुदायमा आयोजना हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई आपसी सम्मान र सहकार्यको भावनाबाट अघि बढाउने उद्देश्यअनुरूप निरेमले कार्यक्रमको मिति परिवर्तन गरेको जनाएको छ।

कार्यक्रमका संयोजक सुरेन्द्र लिम्बू का अनुसार, तमु समाज कुवेतले आयोजना गर्ने ल्होसार नेपाली समुदायको महत्वपूर्ण सांस्कृतिक कार्यक्रम भएकाले त्यसको महत्वलाई सम्मान गर्दै निरेमले आफ्नो कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरेको हो।

“तमु समाज कुवेतले आयोजना गर्न लागेको ल्होसार कार्यक्रमप्रति हाम्रो पूर्ण सम्मान छ। हामी एउटै नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिको हिस्सा हौं। त्यसैले उहाँहरूको महत्वपूर्ण कार्यक्रमलाई सम्मान गर्दै हाम्रो कार्यक्रम अर्को मितिमा आयोजना गर्ने निर्णय गरेका हौं,” संयोजक लिम्बूले भने।

नयाँ निर्णयअनुसार ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ आगामी जनवरी २२, २०२७ शुक्रबार आयोजना हुनेछ। कार्यक्रमको स्थान भने Indian Aspire School, Jleeb Al-Shuyoukh नै रहने आयोजकले जनाएको छ।

निरेमले कुवेतमा नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धन गर्दै विभिन्न सांगीतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। चौथो संस्करणलाई पनि थप व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारी अघि बढाइएको आयोजकले जनाएको छ।

जनवरी १ मा हुने तमु समाज कुवेतको ल्होसार कार्यक्रमलाई सम्मान गर्दै निरेमले जनवरी २२ मा आफ्नो सांगीतिक उत्सव आयोजना गर्ने निर्णय गरेको हो।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...