निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ। निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि,…
मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक…
नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…
अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…
खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका विष्णु भट्टराइलाइ नै नेतृत्व सुम्पदै नयाँ कार्य समिति चुनेको छ । “भाषा अनि संस्कृतिमा विविधता, विकास निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम प्रमुख अतिथि नेपाली…
नेपाली राजदूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा खैतानस्थित मेट्रो मेडिकल केयरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना नेपाली नागरिक लाभान्वित भएका छन्। सेप्टेम्बर १८ मा सम्पन्न शिविरमा नेपाली श्रमिकहरूको रक्तचाप, ब्लड सुगर र कोलेस्ट्रोल परीक्षण गर्नुका साथै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। कुवेतका लागि नेपाली…
जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा यहाँहरूसँग बाँड्दैछु। मेरो जन्म वि.सं. २०४५ साल भाद्र १५ गते चितवनको फुलबारी वडा नम्बर ७ मा एउटा सामान्य परिवारमा भएको हो। अहिले त्यो ठाउँ भरतपुर महानगरपालिका वडा नम्बर १५ मा…
नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। राजदूतावासका अनुसार शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षणका साथै चिकित्सकसँग स्वास्थ्य परामर्शको व्यवस्था गरिएको थियो। उक्त शिविरबाट कुवेतमा रहेका करिब १५० नेपाली लाभान्वित भएका छन्।…
कुवेतको हावली गभर्नरेट सुरक्षा निर्देशनालयले कुवेत नगरपालिका र सार्वजनिक खाद्य तथा पोषण प्राधिकरणसँगको सहकार्यमा व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ। अभियानको उद्देश्य सुरक्षा उपस्थिति मजबुत बनाउने, फरार तथा कानुन उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्ने र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ। अभियानका क्रममा १२२ जना वान्टेड तथा कानुन उल्लंघनकर्तालाई…
हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले विगत केही महिनादेखि आफ्नो चासो र आवाज उठाउँदै आएको छु। मेरो उद्देश्य कुनै व्यक्ति, दल वा सरकारको विरोध गर्नु होइन। धेरै बिदा भएका वेला यो अलिक बढी भयो कि भन्ने…
![]()