कुवेतको गृह मन्त्रालय (MOI) ले पब्लिक अथोरिटी फर म्यानपावर (PAM) सँगको सहकार्यमा श्रम तथा रेसिडेन्सी (इकामा) सम्बन्धी नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ। यो अभियान जहरा, शुवैख, फहाहिल र फरवानियाका औद्योगिक क्षेत्रमा सञ्चालन गरिएको थियो। टोलीले विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको निरीक्षण गर्दै श्रम बजारसम्बन्धी कानुन तथा नियमहरूको…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुकमा अलमुल्ला क्लिनिङ कम्पनीलाई केन्द्रित गरेर भिडियो र आरोपहरूको बाढी आएको छ। मजदुरको तलब बढ्नुपर्छ भन्ने कुरामा मेरो पनि पूर्ण समर्थन छ। तर प्रश्न के हो भने– किन तुलनात्मक रूपमा राम्रो कम्पनी मात्र बारम्बार निशानामा छ ? कुवेतका सबै क्लिनिङ, सेक्युरिटी र सप्लाई…
जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ नौ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कार्यरत पत्रकारका अधिकारको कार्यान्वयन, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी नीतिगत व्यवस्था र विदेशस्थित नेपाली पत्रकारिताको संस्थागत सुदृढीकरणमा जोड दिएको छ। सम्मेलनले सञ्चारसम्बन्धी कानुन बनाउँदा सरोकारवालासँग परामर्श गर्न, श्रम अधिकार…
कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD 150) शुल्क निर्धारण गरेको छ। यो व्यवस्था आन्तरिक मन्त्रालयको निर्णय नं. १०९१/२०२६ मार्फत लागू गरिएको हो। नयाँ संशोधनअनुसार, भिजिट भिसामा कुवेत आएका योग्य व्यक्तिहरूले रेसिडेन्सीमा परिवर्तन गर्दा अनिवार्य रूपमा उक्त…
कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन उल्लंघन गर्ने १,२५३ जनालाई पक्राउ गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अभियान विभिन्न सरकारी निकायको संयुक्त समन्वयमा सञ्चालन गरिएको जनाएको छ। गृह मन्त्रालयका अनुसार, यो अभियान प्रथम उपप्रधानमन्त्री…
कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास (क्याम्प) को भ्रमण गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा श्रम सहचारी जनार्दन गौतम र द्वितीय सचिव शिव बानियाँ ले करिब ५० जना नेपाली श्रमिकसँग करिब दुई घण्टासम्म प्रत्यक्ष संवाद…
कुवेत आयल कम्पनी (KOC) ले जुरासिक तहका तेल तथा ग्यास स्रोतको खोजीमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कुवेतको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने दिशामा नयाँ कदम चालेको छ। कम्पनीले गहिरो जुरासिक जलाशय (Deep Jurassic Reservoirs) मा भइरहेको अन्वेषण तथा उत्पादन विस्तार कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। KOC का अनुसार जुरासिक संरचनाहरूमा…
कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ। कुवेती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक पूर्वाधार तथा सैन्य स्थापनालाई लक्षित गरिएको पछिल्लो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ।…
वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८ म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता लिन, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र वैदेशिक रोजगारसम्बन्धी नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। व्यवसायीहरूको आरोप छ कि हालको फ्री भिसा, फ्री टिकट…
![]()