कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली रूपैयाँ करिब २५ हजार भन्दा बढि) आर्थिक सहयोग प्रदान गरेको छ।
अलिभन सुनार विगत करिब तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित छन्। हाल उनको भारतमा बोन म्यारो ट्रान्सप्लान्ट (Bone Marrow Transplant) उपचार भइरहेको छ। उपचार अत्यन्त खर्चिलो भएकाले परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा विभिन्न संघसंस्था, समाजसेवी तथा शुभेच्छुकहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
यसै क्रममा जनजागृति प्रवास समाजले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ । यस अघि पीडितको उपचार सहयोगार्थ जन-जागृति युवा समाजमा निवेदनका साथमा अावश्यक कागजातहरू प्राप्त भएपछि समाजको अक्षयकोषमा सो सहयोग गरिएको हो ।
समाजले अलिभनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य सहयोगी मनहरूलाई पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेको छ। साथै, प्राप्त सहयोगले उपचार प्रक्रियामा केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।