Monday 12th October 2026
राम्रो नेपाल
Image

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा १ हजार ५७८ कुवेती दिनार संकलन भएको छ। संकलित रकममध्ये २०७ कुवेती दिनार नेपाली दूतावास कुवेतमार्फत प्रधानमन्त्री…

Image

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली रूपैयाँ करिब २५ हजार भन्दा बढि) आर्थिक सहयोग प्रदान गरेको छ। अलिभन सुनार विगत करिब तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित छन्। हाल उनको भारतमा बोन म्यारो ट्रान्सप्लान्ट (Bone Marrow…

Image

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको छ। समाजको शुक्रबार बसेको बैठकले संखुवासभा मादी नगरपालिका–३ माचखर्कका दिलबहादुर गुरुङलाई उपचार सहयोगस्वरूप रु. ५० हजार १९९ प्रदान गर्ने निर्णय गरेको हो। गुरुङ हाल भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले औपचारिक रूपमा मृत घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाले विशेषगरी भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता भएकाका परिवारलाई मृत्युदर्ता तथा राहत प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।…

Image

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे भूमि ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुन संशोधन गरी भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हालसम्म १३ लाखभन्दा बढी निवेदन…

Image

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ भने अन्तिम दुई दिन नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापा ले संसद्, राजनीतिक…

Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…

Image

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान तथा धार्मिक कर्म गरिन्छ। हिन्दु परम्परामा श्राद्धलाई पूर्वजप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्ने संस्कारका रूपमा लिइन्छ। शास्त्रअनुसार श्रद्धापूर्वक गरिने श्राद्धबाट पितृहरूको तृप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि…

Image

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री शाहले चार साताअघि आएको बाढीलाई “हिमालयन सुनामी” को संज्ञा दिँदै यसलाई नेपाल मात्र नभई विश्वका लागि चेतावनी भएको बताए। बाढीमा कम्तीमा १,४०० जनाको मृत्यु भएको…