Wednesday 18th November 2026

प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ को तयारी अन्तिम चरणमा


कुवेतमा आयोजनामा हुन गइरहेको प्रथम मुजैनी–पूर्वेली टाइगर गोल्ड कप २०२६ फुटबल पर्व–मेला को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
आगामी नोभेम्बर २०, २०२६ का दिन फाहील सुक सभा फुटबल ग्राउन्ड, कुवेत मा बिहान ८:०० बजेदेखि सञ्चालन हुने प्रतियोगितामा कुवेतका विभिन्न सामाजिक तथा खेलकुद संस्थाका गरी ११ वटा बलिया टोलीहरूको सहभागिता रहने छ।
प्रतियोगितामा आयोजक पूर्वेली टाइगर फुटबल क्लब सहित राई बोइज, किराँत याक्थुङ चुम्लुङ, सरोकार समाज कुवेत, फरवानिया फुटबल क्लब, नेपाली दूतावास कुवेत, किरात राई यायोक्खा, धनकुटा फुटबल क्लब, माङ्फाक फुटबल क्लब, एनडिआर फुटबल क्लब तथा यूजीसीसी ग्रुप फुटबल क्लब सहभागी हुने भएका छन्।
विशेष आकर्षणका रूपमा नेपाली दूतावास कुवेतको टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउने भएको छ। यसले प्रतियोगिताको गरिमा थप बढाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
खेललाई दुई समूहमा विभाजन गरी नकआउट प्रणालीमार्फत सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी टिमहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। साथै कार्यक्रमलाई कुवेतस्थित नेपाली समुदायको खेलकुद, मनोरञ्जन र आपसी सद्भाव अभिवृद्धि गर्ने साझा उत्सवका रूपमा लिइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज रहेको छ। आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन अनुरोध गरेको छ।
“खेलकुदमार्फत एकता, भाइचारा र सामुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस फुटबल पर्व–मेलाले कुवेतस्थित नेपाली समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ।”


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानले एकअर्काका सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका छन्, जसले मध्यपूर्वमा तनाव अझ बढाएको छ। यसै बिच कुवेतले…

रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयका…

युक्रेनले रूस र कब्जामा रहेको क्रिमियालाई जोड्ने केर्च (क्रिमियन) पुलमा ठूलो आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण…

प्रतिकृयाहरू
...