Monday 19th October 2026

मलेसियामा न्यूनतम तलब बढाउने तयारी, ४ लाख नेपाली लाभान्वित हुने


मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक तलब करिब ७५ हजार रुपैयाँ पुग्नेछ। अर्थात् श्रमिकको आम्दानीमा करिब १२ हजार रुपैयाँ थपिनेछ।

यद्यपि, नयाँ तलब कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने मलेसियाको आगामी बजेट २०२७ मार्फत हुने अपेक्षा गरिएको छ। श्रमिक संगठनहरूले भने जीवनयापन महँगो भएको भन्दै न्यूनतम तलब ३१ सय रिंगेट बनाउन माग गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...