मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय लागू भएमा त्यहाँ कार्यरत करिब ४ लाख नेपाली श्रमिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
हाल १७ सय रिंगेट बराबर करिब ६३ हजार नेपाली रुपैयाँ हुन्छ भने २ हजार रिंगेट पुगेमा मासिक तलब करिब ७५ हजार रुपैयाँ पुग्नेछ। अर्थात् श्रमिकको आम्दानीमा करिब १२ हजार रुपैयाँ थपिनेछ।
यद्यपि, नयाँ तलब कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने मलेसियाको आगामी बजेट २०२७ मार्फत हुने अपेक्षा गरिएको छ। श्रमिक संगठनहरूले भने जीवनयापन महँगो भएको भन्दै न्यूनतम तलब ३१ सय रिंगेट बनाउन माग गरिरहेका छन्।