Friday 30th October 2026

कुवेतमा १५० नेपाली निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित


नेपाली राजदूतावास कुवेत र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा खैतानस्थित मेट्रो मेडिकल केयरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट करिब १५० जना नेपाली नागरिक लाभान्वित भएका छन्।

सेप्टेम्बर १८ मा सम्पन्न शिविरमा नेपाली श्रमिकहरूको रक्तचाप, ब्लड सुगर र कोलेस्ट्रोल परीक्षण गर्नुका साथै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले सहभागी नेपाली समुदायलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै आगामी दिनमा कुवेतका विभिन्न क्षेत्रमा यस्ता शिविर विस्तार गरिने जानकारी दिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने मेट्रो मेडिकल ग्रुप, NRNA कुवेत, रोयल गाउँले रेष्टुरेन्टलगायत संघ–संस्था तथा स्वयंसेवकहरूलाई दूतावासले धन्यवाद दिएको छ। दूतावास र मेट्रो मेडिकलको सहकार्यमा यसअघि फाहहिल र साल्मियामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...