Wednesday 23rd September 2026
प्रवास
Image

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ। कुवेतको आधिकारिक राजपत्र ‘Kuwait Al-Youm’ मा प्रकाशित निर्णयअनुसार, सरकारी आदेशमार्फत कुवेती नागरिकता रद्द भएका र आफ्नो पुरानो विदेशी नागरिकता पुनः प्राप्त गरेका वा नयाँ विदेशी नागरिकता लिएका व्यक्तिलाई अधिकतम १०…

Image

मनकामना मिडिया अपडेट कुवेत परिवारले नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ हजार १ सय आर्थिक सहयोग प्रदान गरेको छ। हालै देशभरका विभिन्न जिल्लाहरूमा आएको बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै नागरिकले ज्यान गुमाएका…

Image

नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि किरात याक्थुङ चुम्लुङ प्रवास शाखा कुवेतले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले आफ्ना पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ)…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रु १ लाख ३९ हजार १४० रुपैयाँ ३५ पैसा प्रधानमन्त्री दैवीप्रकोप तथा राहत उद्धार कोषमा जम्मा गरेको छ। संस्थाको आज मिति २०८३ भदौ १९ गते शुक्रबार बसेको नियमित मासिक बैठकले…

Image

वैदेशिक रोजगारीका लागि सन् २०२२ मा कुवेत पुगेका दुर्गा बहादुर खड्का लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि परिवारले सरोकारवाला निकाय तथा नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ। उदयपूर घर भइ काठमाडाैं बस्दै अाएका खड्का कुवेत पुगेको पहिलो हप्तामै आफू कार्यरत कम्पनीबाट बाहिरिएका थिए। त्यसपछि उनी काममा नगएपछि सम्बन्धित कम्पनीले…

Image

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । राजदूतावासले जारी गरेको सूचनाअनुसार शिविर १८ सेप्टेम्बर २०२६, शुक्रबार का दिन Metro Medical Care, Khaitan मा हुनेछ। शिविर बिहान ७…

Image

कुवेतको सल्मी क्षेत्रमा रहेको एक पशुशालामा साउदी नागरिकको हत्या तथा त्यसपछि आगजनी गरेको आरोपमा एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। आन्तरिक मन्त्रालयअन्तर्गतको क्रिमिनल सेक्युरिटी सेक्टर तथा जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इन्भेस्टिगेसनको जाहरा अनुसन्धान विभागले घटनाको अनुसन्धान गर्दै हत्या र आगजनीको रहस्य पत्ता लगाएको हो। सुरुमा पशुशालामा आगलागी भएको र एक…

Image

कुवेतबाट सञ्चालित नेपाली डिजिटल सञ्चारमाध्यम निरेम अपडेटको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार दीपेन्द्र निरौलाले सम्हाल्ने भएका छन्। कार्यव्यस्तताका कारण निवर्तमान प्रधान सम्पादक सुरेश बुढाथोकीले सम्पादकीय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएपछि निरेम अपडेटले नयाँ सम्पादकीय नेतृत्वका रूपमा निरौलालाई जिम्मेवारी दिएको हो। दुई दशकभन्दा बढी समयदेखि छापा, रेडियो, श्रव्य–दृश्य तथा अनलाइन पत्रकारितामा…

Image

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…

Image

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ। कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान…