Sunday 4th October 2026

कुवेतमा २० नोभेम्बर २०२६ मा फुटबलको कुम्भमेला लाग्दै


जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत – कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ।

लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट खेलप्रेमी कुवेतवासी नेपालीहरूलाई छुट्टै किसिमको मनोरञ्जन दिने उद्देश्य रहेको अध्यक्ष जिबन केरुङ लिम्बुले जानकारी दिनुभयो।

फाहिल स्पोर्ट्स क्लवको सुकसवा फुटबल मैदानमा हुने उक्त अन्तर–नेपाली फुटबल प्रतियोगितामा सहभागीताको लागि तयारी हुन सम्पूर्ण कुवेतस्थित नेपाली फुटबल टिमहरूलाई क्लवले आह्वान गरेको छ। साथै, उक्त दिन अन्य कुनै कार्यक्रम आयोजना नगर्न सम्पूर्ण नेपाली संघ–संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ।

नयाँ गोल्ड कपको उदयसँगै कुवेतवासी खेलप्रेमी नेपाली तथा खेलाडीहरूबीच नयाँ उत्साह र उमंग छाउने देखिन्छ। प्रतियोगिताको पुरस्कार सम्बन्धी जानकारी भने केही समय पछि सार्वजनिक गरिने अध्यक्ष लिम्बुले बताए।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...