Monday 26th October 2026

कुवेतमा विदेशी कामदारलाई ऋण दिन बैंकहरूको कडाइ


कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले ऋण स्वीकृतिमा बढी सतर्क भएका हुन्।

अब बैंकहरूले सबै विदेशीलाई सजिलै ऋण नदिई जागिरको स्थिरता, तलब र सेवाको अवधि हेरेर मात्र ऋण दिनेछन्।

डाक्टर, इन्जिनियर, स्वास्थ्यकर्मी, आईटी तथा एआई क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई भने सुरक्षित पेशामा रहेको मान्दै प्राथमिकता दिइनेछ।

त्यस्तै, एउटै संस्थामा लामो समयदेखि काम गरेका, राम्रो तलब भएका र राम्रो बैंकिङ इतिहास भएका कर्मचारीले ऋण पाउने सम्भावना बढी रहनेछ। विशेषगरी १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई कम जोखिमयुक्त ग्राहकका रूपमा हेरिएको छ।

बैंकहरूले विदेशीलाई ऋण दिन बन्द गरेका छैनन्, तर अब जागिर सुरक्षित छ कि छैन भन्ने आधारमा मात्र ऋण स्वीकृत गर्ने नीति अपनाएका छन्।

स्रोतः https://www.arabtimesonline.com/news/kuwait-banks-slam-brakes-on-expat-loans-amid-kuwaitization-and-job-cuts/


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...