Monday 26th October 2026

मध्यपूर्वमा तनाब बढ्दो


मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ।

अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर El Gaia समुद्री सुरुङ (माइन) मा नठोक्किएको दाबी गर्दै उक्त जहाज इरानी मिसाइल र ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्ताका लागि तयार रहेको दाबी गरेका छन्। तर वार्ता गर्ने वा नगर्ने निर्णय अमेरिका आफैंले गर्ने बताएका छन्।

यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले इरानका माग पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नहुने बताएका छन्।

यमनका हुथी विद्रोहीहरूले Red Sea का दुई टापु आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्। उनीहरूले पछिल्लो ४८ घण्टामा साउदी अरबले १२९ वटा हवाई आक्रमण गरेको पनि बताएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...