Saturday 17th October 2026

नेपालका बाढी पीडितका लागि अन्तर्राष्ट्रिय नेपाली मञ्च कुवेतद्वारा १०१ कुवेती दिनार सहयोग


अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ।

मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले यो रकम संकलन गरिएको बताइएको छ।

मञ्चका पदाधिकारीहरूले कार्यवाहक राजदूत सुजनी रानालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै उनीहरूले प्राकृतिक विपत्तिका बेला स्वदेशप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै यस्ता सहयोगका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका पदाधिकारीहरू तथा नेपाली राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। प्रवासमा रहेका नेपालीहरूबाट प्राप्त यस्तो सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्निर्माण कार्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। आईएनएफ कुवेतले आगामी दिनमा पनि मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...