कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम मुजैनी – पूर्वेली टाइगर फुटबल कप २०२६” भव्य रूपमा आयोजना हुने भएको छ। प्रतियोगितालाई यसपटक फुटबल फेस्टिभल का रूपमा मनाइने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक मुजैनी एक्सचेन्ज कुवेत रहेको छ। प्रतियोगिता शुक्रबार, २० नोभेम्बर २०२६ मा फहाहिल सुक सबाह फुटबल ग्राउण्ड, कुवेत मा बिहान ८:३० बजेदेखि सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताले कुवेतमा रहेका नेपाली युवाहरूलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनुका साथै अनुशासन, सहकार्य र “My Game Is Fair Play” को भावनालाई प्रोत्साहन गर्नेछ। साथै, खेलसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत अगाडि बढाउने लक्ष्य राखिएको छ।
टाइ-सिट कार्यक्रम १३ नोभेम्बरमा
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिमहरूका लागि टाइ-सिट (Tie Sheet) कार्यक्रम शुक्रबार, १३ नोभेम्बर २०२६ मा महबुल्ला झाडी मा आयोजना गरिने भएको छ। आयोजकले सबै टिमका कप्तान तथा व्यवस्थापकलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।![]()
प्रतियोगिता विवरण
प्रतियोगिता: प्रथम मुजैनी – पूर्वेली टाइगर फुटबल कप २०२६
आयोजक: पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत
मुख्य प्रायोजक: मुजैनी एक्सचेन्ज कुवेत
स्थान: फहाहिल सुक सबाह फुटबल ग्राउण्ड, कुवेत
मिति: २० नोभेम्बर २०२६, शुक्रबार
समय: बिहान ८:३० बजेदेखि
सम्पर्क नं.: 69060887
आयोजक संस्थाका अध्यक्ष जीवन केरुङ ले कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनी, खेलप्रेमी, समाजसेवी, व्यवसायी तथा सञ्चारकर्मीलाई प्रतियोगिता अवलोकन गरी कार्यक्रमलाई सफल बनाउन उपस्थित हुन हार्दिक अनुरोध गरेका छन्।
साथै, नेपालमा सुरक्षित र भरपर्दो रूपमा रकम पठाउन मुख्य प्रायोजक मुजैनी एक्सचेन्ज को सेवा प्रयोग गर्न समेत आग्रह गरिएको छ।
आयोजक: पूर्वेली टाइगर फुटबल क्लब, कुवेत
अध्यक्ष: जीवन केरुङ
सम्पर्क: 69060887