भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय…
कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ। राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी…
नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी,…
नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन खैतानस्थित राजधानी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल, NRNA कुवेतका अध्यक्ष विकाससिंह ठकुरी, NRNA केन्द्रीय सचिव सुजन केसी, नेपाल आदिवासी जनजाति महासंघका…
कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग उनको खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ। वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। लामो समयसम्म…
कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा लुलुका स्टोरहरूको संख्या १९ पुगेको छ। नयाँ हाइपरमार्केटको उद्घाटन कम्बाइन्ड ग्रुपका उपाध्यक्ष राद खलाफ अल अब्दुल्लाहले गरेका थिए। कार्यक्रममा कुवेतका लागि भारतीय राजदूत परमिता त्रिपाठी, यूएईका राजदूत डा. मातार हमेद…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो। नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
![]()