नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन खैतानस्थित राजधानी होटलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल, NRNA कुवेतका अध्यक्ष विकाससिंह ठकुरी, NRNA केन्द्रीय सचिव सुजन केसी, नेपाल आदिवासी जनजाति महासंघका…
कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले कुवेतमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी ११ सेप्टेम्बर २०२६ (शुक्रबार) साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली…
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले नेपाली राजदूतावास कुवेतसँग उनको खोजी तथा उद्धारका लागि पहल गर्न अनुरोध गरेको छ। वडा कार्यालयका अनुसार करिब १० महिनाअघि कुवेत पुगेकी पूजा पछिल्लो ६ महिनादेखि परिवारसँग सम्पर्कविहीन छिन्। लामो समयसम्म…
कुवेतमा आफ्नो खुद्रा व्यापार सञ्जाल विस्तार गर्दै लुलु ग्रुपले जाबेर अल-अहमदस्थित जाबेर मलमा नयाँ हाइपरमार्केट सञ्चालनमा ल्याएको छ। यससँगै कुवेतमा लुलुका स्टोरहरूको संख्या १९ पुगेको छ। नयाँ हाइपरमार्केटको उद्घाटन कम्बाइन्ड ग्रुपका उपाध्यक्ष राद खलाफ अल अब्दुल्लाहले गरेका थिए। कार्यक्रममा कुवेतका लागि भारतीय राजदूत परमिता त्रिपाठी, यूएईका राजदूत डा. मातार हमेद…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो। नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा मञ्चका केन्द्रीय नेताको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ। मञ्चका सचिव शंकर पौडेलका अनुसार कुवेतमा रहेका एमालेप्रति आस्थावान सम्पूर्ण नेपाली श्रमिक, सदस्य तथा शुभेच्छुकहरूलाई अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन…
कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक रूपमा पुष्टि गरेको छ। दूतावासले मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। यसैबीच, क्षेत्रीय…
“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेत ले आफ्नो चौथो अधिवेशन तथा नवौं वार्षिकोत्सव कार्यक्रम यहि २०२६ जुलाई १७ शुक्रबारका दिन आयोजना गर्ने भएको छ। समाजले कुवेतको फरवानिया स्थित चेफ नाउसाद रेस्टुरेन्ट मा आयोजना…
![]()