Friday 4th September 2026

भोटेकोशी बाढीपीडितका लागि जन-जागृति युवा समाज कुवेतद्वारा रु १ लाख ३९ हजार सहयोग


जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रु १ लाख ३९ हजार १४० रुपैयाँ ३५ पैसा प्रधानमन्त्री दैवीप्रकोप तथा राहत उद्धार कोषमा जम्मा गरेको छ।

संस्थाको आज मिति २०८३ भदौ १९ गते शुक्रबार बसेको नियमित मासिक बैठकले भदौ १० गते आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत सहयोग गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संस्थाको राहत कोष तथा सदस्यहरूबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप तथा राहत उद्धार कोषमा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

संस्थाका संरक्षक, अध्यक्ष तथा कार्यसमिति पदाधिकारीहरूको उपस्थितिमा उक्त निर्णय कार्यान्वयन गरिएको हो। उपलब्ध बैंक भौचरअनुसार जन-जागृति युवा समाज कुवेतको तर्फबाट ग्लोबल आइएमई बैंकमार्फत प्रधानमन्त्री दिजास्टर रिलिफ फण्ड (Prime Minister’s Disaster Relief Fund) मा नेपाली रुपैयाँ १,३९,१४०.३५ बराबरको रकम पठाइएको उल्लेख छ।

संस्थाले जनाएको अनुसार राहत रकममध्ये सदस्यहरूबाट १७३.२५० केडी संकलन भएको थियो भने जन-जागृति अक्षयकोषबाट १११.००० केडी सहयोग गरिएको थियो। यसरी जम्मा २८४.२५० केडी राहत रकम संकलन भई नेपाल पठाइएको हो।

सहयोग गर्ने सदस्यहरूमा सुरेश थापा, छत्र कार्की, कल्पना कार्की, रामबहादुर योन्जन तामाङ, किरण चन्द, राजु लामा, राजेन्द्र श्रेष्ठ, कृष्ण गुरुङ, लालबहादुर तामाङ, भक्तराज थापा, नवराज तामाङ, राम दिस्व मगर, टासी लामा, दीपक बिक, सुमित मण्डल, नवराज राई, सुस्मा तामाङ, बिमला थिङ तामाङ, बिमल खड्का, राज धिमाल, मीरा बि. पौडेल, टंक कार्की, मित्रभक्त आचार्य, जीवन सुनार, लोमस वास्तोला, उत्तम वाइवा, पूर्णिमा तामाङ, टिकाराम आचार्य, मनिता लिम्बु, मिना लामा, सिर्जना राई, कविता राई, उमा राई, सन्तोष सुनार, रोशन पौडेल, सिरु मगर तथा बेदनाथ हुमागाईं लगायत रहेका छन्।

जन-जागृति युवा समाज कुवेतले विपद्का बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितहरूको राहत तथा पुनःस्थापनामा सानो भए पनि योगदान पुर्‍याउन पाएकोमा सम्पूर्ण सहयोगदाता सदस्यहरूप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।…

नेपालमा पछिल्लो बाढी तथा पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र केही शव तथा मानव अवशेष क्षतविक्षत अवस्थामा फेला परेका…

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

प्रतिकृयाहरू
...