Friday 18th September 2026

बाढीपीडितको उद्धारमा झापाली समाज कुवेतको साथ, प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय सहयोगस्वरूप उक्त रकम राहत कोषमा जम्मा गरेको जनाएको छ।

विपद्को यस कठिन समयमा बाढी प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।

झापाली समाज कुवेतले बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


सम्बन्धित शीर्षकहरु

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ…

अस्ट्रेलिया सरकारले आप्रवासन संख्या घटाउने लक्ष्यसहित नयाँ कडाइका उपाय अघि सारेको छ। गृह मन्त्री Tony Burke ले विदेशी विद्यार्थीका पारिवारिक…

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

प्रतिकृयाहरू
...