Saturday 24th October 2026

बाढीपीडितको उद्धारमा झापाली समाज कुवेतको साथ, प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय सहयोगस्वरूप उक्त रकम राहत कोषमा जम्मा गरेको जनाएको छ।

विपद्को यस कठिन समयमा बाढी प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।

झापाली समाज कुवेतले बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...