Sunday 1st November 2026

नेपाली राजदूतावास कुवेतले आर्थिक वर्ष २०८२/०८३ मा १४ करोड ५० लाख श्रमिक क्षतिपूर्ति पठायो


कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ।

राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी कुल ३,०७,१४६.३१७ कुवेती दिनार (करिब नेपाली रु. १४ करोड ५० लाख) प्राप्त भएको छ।

उक्त रकम सम्बन्धित मृतक तथा घाइते नेपाली नागरिकका कानूनी हकदारहरूले प्राप्त गर्ने व्यवस्था मिलाउन राजदूतावासले विभिन्न समयमा नेपाल सरकार अन्तर्गतको परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागमा पठाइसकेको जनाएको छ।
राजदूतावासले यस कार्यलाई प्रवासी नेपाली कामदार तथा उनीहरूका परिवारको हकहित संरक्षणका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...