Wednesday 30th September 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एनआरएनए कुवेतद्वारा श्रद्धाञ्जली सभा


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष स्मृति सभा आयोजना गरेको छ। कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।

एनआरएनए कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, संरक्षक रणध्वज लामा, रास्वपा कुवेतका सभापति ईश्वर भण्डारी लगायतले प्राकृतिक विपत्तिले पुर्‍याएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। वक्ताहरूले विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू एकजुट भई प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

श्रद्धाञ्जली सभामा नेपालको नक्सा आकृतिमा दीप सजावट गरी “NEPAL” लेखिएको विशेष प्रस्तुति गरिएको थियो। उक्त दृश्यले मातृभूमिप्रतिको समर्पण तथा विपद्बाट पीडित नेपालीहरूप्रतिको ऐक्यबद्धता झल्काएको थियो।

एनआरएनए कुवेतले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा कुवेतमा रहेका विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...