Monday 12th October 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा एनआरएनए कुवेतद्वारा श्रद्धाञ्जली सभा


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष स्मृति सभा आयोजना गरेको छ। कुवेतस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।

एनआरएनए कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, संरक्षक रणध्वज लामा, रास्वपा कुवेतका सभापति ईश्वर भण्डारी लगायतले प्राकृतिक विपत्तिले पुर्‍याएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका थिए। वक्ताहरूले विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरू एकजुट भई प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

श्रद्धाञ्जली सभामा नेपालको नक्सा आकृतिमा दीप सजावट गरी “NEPAL” लेखिएको विशेष प्रस्तुति गरिएको थियो। उक्त दृश्यले मातृभूमिप्रतिको समर्पण तथा विपद्बाट पीडित नेपालीहरूप्रतिको ऐक्यबद्धता झल्काएको थियो।

एनआरएनए कुवेतले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा कुवेतमा रहेका विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...