सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई करिब १५० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।