Friday 26th April 2024
Top
Image

ताइवानमा शक्तिसाली भूकम्प गएको छ । बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको धक्का जापान र फिलिपिन्ससम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।…

Image

अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु विमान निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो…

Image

थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ । संसद्का ४१५ मध्ये ४०० सांसदले विधेयकको पक्षमा मत दिएका थिए भने सांसदले विधेयकको विपक्षमा मत दिए । बुधवार तल्लो सदनमा पारित भएको विवाह समानता…

Image

इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको छ । आइपिएल २०२४ को हैदरावादमा खेलिएको मुम्बई इन्डियन्स विरुद्धको आठौं खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै यो ठूलो स्कोर बनाएको हो । टोलीका तर्फबाट ट्राभिस हेडले ६२ ९२४ बल०, अभिषेक शर्माले ६३ ९२३ बल० र क्लासेनले ८० ९३४ बल०…

Image

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । जसको कारण अमेरिकासँग ईजरायल क्रुद्ध बनेको छ । चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त…

Image

संयुक्त राष्ट्रसंघको जलवायु प्रतिवेदनले सन् २०२३ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष मानेको छ । यो विश्व मौसम विज्ञान संगठनद्वारा जारी गरिएको हो। यसका अनुसार हरितगृह ग्यासहरू बढ्दै गएकाले वातावरणमा निकै गम्भीर खतरा उत्पन्न भएको छ । यसबाहेक हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। यसको कारण पनि तापक्रम बढ्दै गएको छ ।…

Image

तीतोपाटी- कामको खोजीमा प्रत्यक वर्ष लाखौ नेपाली श्रमिकहरु वैदेशिक रोजगारीको लागी खाड़ीमुकुल जाने क्रम क्रमशः बढ्दो देखीन्छ। विशेषगरी खाडी मूलुक र मलेसिया प्रमुख गन्तव्यको रूपमा देखिएको छ। देशका सबै जिल्लाहरुबाट युवा बिदेशिएको अवस्था छ। जब युवाहरु घर छोडेर हिडे अनी ठगीमा पर्न सुरू भयो। खाडीमा जब युवाहरु दुर्व्यवहार र शोषित…

Image

रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ 'आतंककारी हमला' को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले यी दुई नेतासँग कुनै पनि समस्या समाधान गर्न वार्ता र कूटनीतिको बाटो अपनाउने भारतको पुरानो अडान दोहोर्‍याए। रुस र युक्रेनका शीर्ष नेताहरूसँग प्रधानमन्त्री मोदीको वार्ता महत्त्वपूर्ण समयमा आएको छ। किनभने…

Image

अध्यात्मिक गुरु तथा ईशा फाउण्डेशनका प्रमुख सद्गुरु जग्गी वासुदेवको मस्तिष्कमा रक्तश्रावका कारण गरिएको आकस्मिक शल्यक्रिया सफल भएको छ । सद्गुरुको इन्स्टाग्राम अकाउन्टबाट गरिएको पोष्टमा उनको संस्था ईशा फाउन्डेशनले आधिकारिक बयान र सद्गुरुको भिडियो जारी गरेर यो जानकारी दिएको हो । सद्गुरु जग्गी वासुदेवलाई १७ मार्चमा अस्पतालमा भर्ना गरिएको बताइएको छ…