Monday 21st September 2026
Top
Image

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। मन्त्रालयका अनुसार ती व्यक्तिले सेनाको सुरक्षा तथा प्रतिरक्षासम्बन्धी गतिविधिको भिडियो खिचेर सार्वजनिक गरेका थिए। मन्त्रालयका अनुसार उनले गाडी चलाउँदै मोबाइल फोन प्रयोग गरेर भिडियो खिचेका…

Image

पश्चिम एसियामा जारी युद्धका कारण विश्वको ऊर्जा आपूर्ति प्रणालीमाथि दबाब थप गम्भीर बन्दै गएको छ। इरानसँगको युद्धका कारण हर्मुज जलडमरूमध्यमा अवरोध बढिरहेका बेला इरानसमर्थित हुथी समूहले यमनतर्फबाट लाल सागर र बाब अल–मन्देब क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको छ। हुथीहरूले रणनीतिक पेरिम टापुसम्म नियन्त्रण विस्तार गरेपछि साउदी अरबको तेल निर्यातका वैकल्पिक…

Image

यो भेटको सबैभन्दा ठूलो अर्थ युद्धरत वा तनावग्रस्त क्षेत्रका दुई पक्षबीच संवादको ढोका खुला राख्नु हो। इरान र यूएई दुवै ब्रिक्सका सदस्य भए पनि वर्तमान पश्चिम एसिया युद्धले उनीहरूलाई फरक सुरक्षा र राजनीतिक अवस्थिति पुर्‍याएको छ। त्यसैले यही समयमा भएको प्रत्यक्ष भेटले कूटनीतिक संवादको सम्भावनालाई बलियो बनाएको छ। विशेषगरी ब्रिक्स…

Image

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ। समूहले महत्वपूर्ण बन्दरगाह सहर मोख्हा कब्जा गरेपछि धुबाबतर्फ अघि बढेको र बाब अल–मन्देब जलडमरूमध्यको बीचमा रहेको रणनीतिक पेरिम (मयुन) टापुमा समेत प्रवेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। पेरिम टापु…

Image

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी जुन एस्टरबाट ३० वटा शव निकालेर पहिचानका लागि कोरोन बन्दरगाहमा पठाएको जनाएको छ।  फेरी मनिलाबाट कोरोनतर्फ जाँदै गर्दा बुधबार साँझ आगलागी भएको थियो। यात्रुहरूको बयानअनुसार आगलागी हुनुअघि जहाजभित्र लगातार…

Image

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात वर्षपछि भएको पहिलो भ्रमण हो। भारतले आयोजना गरेको ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा हुँदैछ। सीलाई नयाँदिल्लीमा भारततर्फबाट स्वागत गरिएको छ। सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच…

Image

दक्षिण लेबनानमा इजरायली–हिजबुल्लाह तनाव फेरि बढ्ने संकेत देखिएको छ। इजरायली सेनाले अली अल–ताहेर क्षेत्रमा हिजबुल्लाहको २ किलोमिटरभन्दा लामो भूमिगत संरचना ध्वस्त गरेको दाबी गरेपछि सीमाक्षेत्रमा इजरायली सैनिकहरूको गस्ती र सुरक्षा सतर्कता बढाइएको छ। उक्त भूमिगत संरचनामा कमाण्ड केन्द्र, हतियार भण्डारण, रकेट, क्षेप्यास्त्र, ड्रोन तथा एण्टी–ट्याङ्क हतियार रहेको इजरायलले जनाएको छ।…

Image

अमेरिका–इजरायलको इरानमाथिको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वको शक्ति–सन्तुलन झन् जटिल बन्दै गएको छ। पछिल्लो घटनाक्रममा इरानले होर्मुज जलडमरूमध्यमार्फत दबाब कायम राखेको अवस्थामा इरानसमर्थित हुथी विद्रोहीहरूले यमनको लाल सागर तटीय क्षेत्रमा तीव्र सैन्य विस्तार गरेका छन्। हुथीहरूले रणनीतिक बन्दरगाह मोखा कब्जा गरेपछि दक्षिणतर्फ अघि बढ्दै बाब अल–मन्देब जलडमरूमध्यको प्रवेशद्वारमा रहेको पेरिम (मयुन)…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको भेटमा भारत–रूस विशेष रणनीतिक साझेदारीका विभिन्न पक्षबारे छलफल भएको हो। वार्तामा व्यापार, ऊर्जा, रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, पूर्वाधार, उत्पादन, रेलवे, मलखाद तथा महत्वपूर्ण खनिज लगायतका क्षेत्रमा सहकार्य अझ विस्तार…

Image

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ। सरकारले बाढी प्रभावित क्षेत्रका लागि तत्काल १ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ। प्रारम्भिक राहतस्वरूप रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ। बाढी…