Sunday 4th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

किएभ, अक्टोबर ४ — जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनको राजधानी किएभमा समर्थन जनाउन पुगेकै दिन रुसी ड्रोनले शहरको महत्वपूर्ण नर्दर्न ब्रिजमा प्रहार गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आइतबार बिहान किएभमा हवाई आक्रमणको चेतावनीका साइरन बजिरहेका बेला रुसी ड्रोनले डिनिप्रो नदीमाथिको पुलको सडक भागमा प्रहार गरेको हो। घटनाका कारण पुलमा आवागमन…

Image

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्। शाहिन सहरबाट प्रतिनिधित्व गर्ने तथा इरानी संसद्को संविधानको धारा ९० सम्बन्धी आयोगका प्रथम उपाध्यक्ष रहेका उनले ‘दिदेबान इरान’सँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्। पत्रकारले यूएईलाई इरानी नियन्त्रणमा लिनुपर्ने भन्न खोजेको हो…

Image

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको र त्यहाँको यातायात प्रभावित भएको कीभका मेयर भिटाली क्लिच्कोले बताएका छन्। यसअघि बिहीबार र शुक्रबार पनि रुसी ड्रोनले साउदर्न ब्रिज (दक्षिणी पुल) लाई निशाना बनाएको थियो। लगातारका आक्रमणपछि पुलमार्फत हुने…

Image

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले यसलाई सम्भावित आतंकवादी घटना बताएका छन्। आरोपित सहचालक ओमानका नागरिक हमाम अल-हम्मामी हुन्। उनी यसअघि ओमान एयरमा कार्यरत थिए। उनका कट्टरपन्थी विचारका कारण उनलाई उडान प्रशिक्षणबाट हटाइएको खुलासा…

Image

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट आउने सम्भावित सैन्य खतरालाई सामना गर्न सहयोगी हुने बताइएको छ। यी विमानहरू ८ अर्ब अमेरिकी डलरको सम्झौताअन्तर्गत आपूर्ति गरिएका हुन्। चीनले ताइवानलाई हतियार नदिन अमेरिकासँग बारम्बार आग्रह गरे पनि विमान…

Image

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा व्यवस्था गर्दै सयौं जनालाई पक्राउ गरेको बताइएको छ। आन्दोलनकारीहरूले मतदाता नामावली संशोधन प्रक्रियाले लाखौं मानिसको मतदान अधिकार प्रभावित भएको आरोप लगाएका छन्। विपक्षी दलहरू र विद्यार्थी समूहहरूले निर्वाचन आयोग निष्पक्ष…

Image

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको भीषण लडाइँपछि उक्त क्षेत्र कब्जा गरिएको सेनाले बताएको छ। सेनाका अनुसार लडाइँमा आरएसएफका धेरै लडाकु मारिनुका साथै उनीहरूको सैन्य सवारीसाधन पनि नष्ट भएका छन्। अल–माजरुब उत्तर कोर्डोफानमा आरएसएफको प्रमुख आधार…

Image

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रका ७४ प्रतिशत परिवारले आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन्। हाल यमनभर करिब १ करोड ८३ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् भने ५ वर्षमुनिका २२…

Image

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष पुग्न लागेका लुलाले यसअघि यो आफ्नो अन्तिम चुनाव हुने बताएका छन्। अक्टोबर ४ मा हुने चुनावमा उनको मुख्य प्रतिस्पर्धा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोसँग छ। हालको मत सर्वेक्षणमा दुवै…

Image

रुसले युक्रेनको राजधानी कीभमा ड्रोन र मिसाइल आक्रमण तीव्र पारेपछि कम्तीमा एक जनाको मृत्यु भएको छ। आक्रमणका कारण सहरको महत्वपूर्ण ‘साउदर्न ब्रिज’ क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको छ। कीभका मेयर भिटाली क्लिट्स्कोले रुसले राजधानीलाई “टुक्राटुक्रा पार्ने” प्रयास गरिरहेको बताएका छन्। आक्रमणले विद्युत् पूर्वाधार, आवासीय भवन र अन्य महत्वपूर्ण संरचनामा पनि…