Monday 2nd November 2026

कविताः शान्तिको पुकार


फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन,
हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन।

डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ लालिमा,
पखालीकन आँसुका कण सबै, चम्कोस् महाकालीमा।

​फुलोस् लालीगुराँस यो वनभरि, गच्छन् नयाँ पालुवा,
मिलेरै हसिली बनाऊँ धारा, हाँसून् बालुवा बालुवा।

हिमालै मुस्कुराओस् स्वच्छ बनेर, बगोस् नदी कञ्चन,
सारा भ्रातृभाव जागृत बनोस्, मेटिऊन् तुच्छ सिञ्चन।

​सम्झेरै इतिहासका पलहरू, गाऔँ एकताका स्वर,
हाम्रा वीर पुरुषका आदर्शले, हटोस् अँध्यारो डर।

माताको ममता सदैभरि रहोस्, जोगाऊँ आफ्नै थलो,
सत्यैको जगमा खडा बनौँ सधैँ, बनोस् सबैको भलो।

​शान्तिले भरियोस् यो मेरो देश, चम्किऊन् हाम्रा तारा,
नेपाली मन एक भई बसून्, सुखी बनून् जन सारा।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

बंगलादेशको राजधानी Mirpur, Kaliakair (गाजिपुर) र Savar-Ashulia औद्योगिक क्षेत्रमा आइतबार श्रमिक प्रदर्शन, सडक अवरोध, प्रहरीसँग झडप, तोडफोड तथा आगजनीका घटनाहरू…

अमेरिकाको फ्लोरिडा राज्यको पाम बिच काउन्टीमा आइतबार एक निजी व्यावसायिक जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ९ जनाको मृत्यु भएको…

फ्रान्सभरि बढ्दो जीवनयापन खर्च, महँगी, इन्धन मूल्य वृद्धि तथा सार्वजनिक सेवाप्रति असन्तुष्टिका कारण शनिबार आयोजित तेस्रो चरणको राष्ट्रव्यापी प्रदर्शनमा करिब…

प्रतिकृयाहरू
...