Tuesday 20th October 2026
पत्रपत्रिका बाट
Image

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गर्न प्रस्ताव गरेको हो । भारतले उनको नाम स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाइसकेको छ। सन् १९९३ ब्याचका भारतीय विदेश सेवा अधिकारी दलेलाले यसअघि भुटानका लागि…

Image

काठमाडौं — नेपालमा आएको विनाशकारी ‘महाप्रलय’पछि त्रिशूली–३ए, चिलिमेलगायत जलविद्युत् आयोजनामा बेपत्ता कामदारको खोज तथा उद्धारमा नेपाली र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले गरेको प्रयास सार्वजनिक भएको छ। खोज तथा उद्धार अभियानमा संलग्न एक विदेशी भू–प्राविधिक विज्ञले सामाजिक सञ्जालमार्फत आफूले मात्र नभई नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, नेपाल खोज तथा उद्धार टोली, भारतीय…

Image

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक सवारी साधन प्रयोग गर्नेछन्, जसले सडक र यातायात व्यवस्थापनमा ठूलो दबाब पर्ने देखिएको छ। प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्मको समय सबैभन्दा व्यस्त हुनेछ। यस अवधिमा मात्रै २ देखि ३ लाख मानिस काठमाडौंबाट…

Image

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको र ५१० परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी ३९ जनाको मृत्यु करेन्ट लागेर भएको छ। त्यसपछि डुबेर २९ जनाले ज्यान गुमाएका छन्। वन्यजन्तुको आक्रमण, चट्याङ र आगलागीबाट पनि मानिसहरूको मृत्यु…

Image

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। महाधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ भने अन्तिम दुई दिन नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापा ले संसद्, राजनीतिक…

Image

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ६१ घर तथा गोठ बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीले गलकोट–९ को…

Image

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए पनि तालजस्तै अवस्था कायम रहेको छ। तालको बहाव सञ्चालन गर्न एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ भने इन्धन नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्‍याइएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जोखिम…

Image

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गरेको उल्लेख गर्दै न्यायिक…

Image

अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। आइतबार तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। निसीखोला गाउँपालिकामा पाँचजनाको ज्यान गएको छ। शनिबार ताराखोला गाउँपालिकामा पनि एकजनाको मृत्यु भएको थियो। प्रभावित क्षेत्रमा पहिरोले घरहरू बगाएको…

Image

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो। विपद्का कारण १४३ घर…