Sunday 11th October 2026

बूढीगण्डकीको भीषण बाढीबाट पुल, घर र जलविद्युत आयोजनामा ठूलो क्षति


उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सयभन्दा बढी घरगोठ बगेका छन् भने १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले दुई मोटरेबल पुल, चार झोलुङ्गे पुल, एक विद्यालय भवन तथा तीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ र दसैँको मुखमा गाउँबस्ती जाने मुख्य बाटोसमेत बन्द भएको छ।

नेपाली सेना र हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको छ। हालसम्म फसेका स्थानीय, पर्यटक, गाइड र भरियासहित सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ भने प्रभावित क्षेत्रमा राहत तथा खोजी कार्य तीव्र पारिएको छ।

बाढीबाट टाइम्स ऊर्जा र बूढीगण्डकी जलविद्युत आयोजनाका संरचनाहरूमा क्षति पुगेको छ भने आयोजनाका कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ। साथै दुईवटा टेलिफोन टावर, ५० वटा विद्युत् पोल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका करिब १०० घरमा लेदो पसेको जनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको विवरण संकलन गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...