Wednesday 28th October 2026

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६


मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बनेकी हुन्।

यसैगरी, मिस नेपाल कस्मो २०२६ को उपाधि कशिस सुब्बाले तथा मिस नेपाल इन्टरनेसनल २०२६ को उपाधि आर्या निशान्तले जितेका छन्।

२४ वर्षीया दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल को उपाधि विजेता रहिसकेकी छन्। अर्थशास्त्रमा स्नातक गरेकी उनी लगानी रणनीतिकार, तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धावकसमेत हुन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...