Friday 18th September 2026

जनवरी १ मा निरेम सांगीतिक उत्सव–२०२७, कार्यक्रम नजुधाउन आयोजकको आग्रह


कुवेतस्थित नेपाली समुदायमाझ लोकप्रिय सांगीतिक कार्यक्रम निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु भएको छ। आयोजकका अनुसार उत्सवको चौथो संस्करण आगामी जनवरी १, २०२७ मा आयोजना गरिनेछ।

गत वर्ष सम्पन्न निरेम सांगीतिक उत्सव सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै आयोजकले कार्यक्रम समापनकै क्रममा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १, २०२७ मा अर्को संस्करण आयोजना गर्ने घोषणा गरेको थियो। सोही घोषणाअनुसार यस वर्ष पनि नेपाली संगीत, कला र मनोरञ्जनलाई समेट्दै उत्सवलाई अझ आकर्षक र विशेष बनाउने तयारी थालिएको जनाइएको छ।

आयोजकका अनुसार नयाँ वर्षको पहिलो दिन नेपाली समुदायलाई एकै थलोमा जुटाउने उद्देश्यका साथ सांगीतिक उत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत नेपाली कलाकारिता, संस्कृति तथा मनोरञ्जनलाई प्रवर्द्धन गर्नुका साथै प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, आयोजकले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक संगठन, कार्यक्रम आयोजक तथा शुभेच्छुकहरूलाई जनवरी १, २०२७ का दिन अन्य कार्यक्रम आयोजना नगरी निरेम सांगीतिक उत्सवसँग कार्यक्रम नजुधाइदिन हार्दिक अनुरोध गरेको छ।

“नयाँ वर्षको पहिलो दिन, संगीतसँगै नयाँ सुरुवात” भन्ने नारासहित आयोजना हुन लागेको निरेम सांगीतिक उत्सव–२०२७ को चौथो संस्करणलाई विगतभन्दा अझ भव्य र स्मरणीय बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर…

कुवेतको हावली गभर्नरेट सुरक्षा निर्देशनालयले कुवेत नगरपालिका र सार्वजनिक खाद्य तथा पोषण प्राधिकरणसँगको सहकार्यमा व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ।…

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोमा मानवजनित जलवायु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेको वैज्ञानिकहरूको नयाँ…

प्रतिकृयाहरू
...