Sunday 25th October 2026

ओस्कारका लागि नेपाली फिल्म ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ छनोट


नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि चलचित्र चयन भएको छ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले चलचित्रको कथा, प्राविधिक पक्ष, कलात्मक गुणस्तर र भावनात्मक प्रभावको मूल्याङ्कन गरेर यो निर्णय गरेको हो। छनोटका लागि‘गाैंथली’ र‘तिनीहरू’ गरी दुई नेपाली चलचित्र प्रतिस्पर्धामा थिए।

निर्देशक अभिनाश विक्रम शाहको यो चलचित्र यसअघि कान्स फिल्म फेस्टिभलको Un Certain Regard खण्डमा जूरी पुरस्कार जित्ने पहिलो नेपाली चलचित्र बनेको थियो।

यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले चलचित्र टोलीलाई बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफलताको शुभकामना दिएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...