Sunday 1st November 2026

केन्द्रीय चलचित्र जाँच समितिको अंग्रेजी नाम “सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी”


तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् ।

समितिले प्रदान गर्ने प्रमाण पत्रमा अब अङ्ग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी रहने छ भने नेपालीमा पुरानै नाम केन्द्रीय चलचित्र जाँच समिति रहनेछ’, बास्तोलाले भनिन् ‘समितिको नाम पहिलेदेखि प्राक्टिस सेन्सर बोर्ड भनिए पनि नेपाली नाम अङ्ग्रेजी गर्दा ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ हुने रहेछ ।’ नाम कार्यविधि वा ऐन मार्फत परिवर्तन भन्दा पनि नेपाली नाम अनुसार मिलाएको बास्तोलाको भनाइ छ । सेन्सरको यसअघिको कार्यसमितिले फिल्म कैँची नचलाउने र जाँच गरेर ‘ग्रेडिङ’सहितको प्रमाणपत्र दिने भनेर कार्यविधि नै परिवर्तन गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...