Saturday 10th October 2026

केन्द्रीय चलचित्र जाँच समितिको अंग्रेजी नाम “सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी”


तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् ।

समितिले प्रदान गर्ने प्रमाण पत्रमा अब अङ्ग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी रहने छ भने नेपालीमा पुरानै नाम केन्द्रीय चलचित्र जाँच समिति रहनेछ’, बास्तोलाले भनिन् ‘समितिको नाम पहिलेदेखि प्राक्टिस सेन्सर बोर्ड भनिए पनि नेपाली नाम अङ्ग्रेजी गर्दा ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ हुने रहेछ ।’ नाम कार्यविधि वा ऐन मार्फत परिवर्तन भन्दा पनि नेपाली नाम अनुसार मिलाएको बास्तोलाको भनाइ छ । सेन्सरको यसअघिको कार्यसमितिले फिल्म कैँची नचलाउने र जाँच गरेर ‘ग्रेडिङ’सहितको प्रमाणपत्र दिने भनेर कार्यविधि नै परिवर्तन गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...